हत्याका अभियुक्त कोइरालाले घटनाबारे केही प्रतिक्रिया नदिए पनि हत्या भएको स्थानमा उनको उपस्थिति, घटना स्थलको प्रकृति र कोइरालाको हाउभाउ लगायतका विभिन्न आधारमा प्रहरीले अनुसन्धान गरी हत्या कोइरालाले नै गरेको निष्कर्ष निकालेको छ ।
अभियुक्त कोइरालाले हिजोमात्र आफ्नो गाडीमा मकवानपुर जिल्लाको दामन जाने बाटोमा पर्ने पालुङटार भन्ने ठाउँमा आफ्नी पत्नी गीताको लाश टुक्रा पारेर लगेको अनुसन्धानमा संलग्न प्रहरी स्रोतले बताएको छ ।
स्रोतका अनुसार पहिले कोइरालाले पत्नीको लाश खाल्डोमा पुरेपनि केही छिनमा खाल्डोबाट निकालेर टुक्रा टुक्रा पारि लासलाई जलाएका थिए ।
यसरी कोइरालाबारे अनुसन्धानबाट प्रहरीले विभिन्न प्रमाण पाएपछि आज काठमाडौँ आउँदै गर्दा उनलाईे नागढुङ्गाबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार घटनास्थलमा भेटिएको शव चिनिने अवस्थामा नभए पनि उक्त स्थानमा भेटिएको घडी गीताको भएको आफन्तले बताएका छन् ।
0 : बिचार र सुझाबहरु:
Post a Comment