काठमाडौं, ८ माघ। काठमाडौं जिल्ला अदालतले ब्यापारी पवन संघाई अपहरण काण्डमा पक्राउ परेका सभासद् श्यामसुन्दर गुप्तालाई थप दश दिन थुनामा राख्न अनुमति दिएको छ। भैरहवास्थित आफ्नै निवासबाट नियन्त्रणमा लिइएका गुप्तालाई प्रहरीले थुनामै राखेर अनुसन्धान गर्नका लागि दोस्रो पटक आइतबार काठमाडौ जिल्ला अदालतमा पेश गरेको थियो।
गत पुस ७ गते काठमाडौ कमलादी गणेशस्थानबाट अपहरण परेका उद्योगी संघाईको अपहरणमा संलग्न काभ्रेका आकाश लामा र हेटौडा पदमपोखरीका विकास लामा भन्ने जितबहादुर गोलेले दिएको बयानका आधारमा गुप्तालाई पक्राउ गरिएको हो। महानगरीय प्रहरी अपराध महाशाखाले गुप्तालाई अपहरणको मूख्य योजनाकार भनेको छ।
0 : बिचार र सुझाबहरु:
Post a Comment