शर्माले काठमाडौं उपत्काका विभिन्न स्थान र ७५ वटै जिल्ला सदरमुकाममा विरोध सभा गरिने समेत जानकारी दिनुभयो। उहाँले विद्यार्थी संगठनहरुले राजधानीका कलंकी, कोटेश्वर, चावहिल र बानेश्वरलगायतका स्थानमा अपराहृन २ बजेपछि एकैसाथ संयुक्त विरोधसभाको तयारी गरिरहेको बताउनुभयो। शर्माका अनुसार विरोध सभालाई १३ विद्यार्थी संगठनका स्थानीय नेताले सम्बोधन गर्नेछन्।
यसअघि विद्यार्थीले शुक्रबार मूल्यवृद्धिको विरोधमा राष्ट्रपतिका प्रेस सल्लाहकार राजेन्द्र दाहालको गाडीमा आगजनी समेत गरेका थिए। यसका साथै उनीहरुले सांकेतिक विरोधस्वरुप राजधानीमा खाना पकाउने ग्याँसको रित्तो सिलन्डिरसहित प्रदर्शन गरेका थिए। सरकारले शुक्रबार पत्रकार सम्मेलन गरी विद्यार्थीले विरोध गर्दैमा पेट्रोलियम पदार्थको मूल्य वृद्धिको निर्णयबाट पछि नहट्ने विद्यार्थी संगठनका नेताहरुले चेतावनी दिएका छन्। सरकारले इन्धनको मुल्य बढाएर आफूहरुलाई थप आक्रोशित बनाउने काम गरेको विद्यार्थी संगठनहरुले प्रतिक्रिया जनाएका छन।
सरकारकै निर्देशनमा आयल निगमले बुधबार खाना पकाउने एलपी ग्याँसमा प्रति शिलिण्डर १ सय ७५ रुपैयाँ, पेट्रोलमा प्रतिलिटर १० तथा मट्टतिेल र डिजेलमा प्रतिलिटर ९/९ रुपैयाँका मूल्यवृद्धि वृद्धि गरेको थियो । तर अन्य विकल्पका बारेमा भने सोच्दै नसोची मूल्यवृद्धि गरेको भन्दै भट्टराई नेतृत्व सरकारको चौतर्फी विरोध भइरहेको छ।
0 : बिचार र सुझाबहरु:
Post a Comment