Home » , » अमेरीकाको दादागिरी

अमेरीकाको दादागिरी

Written By Admins on Friday, January 20, 2012 | 5:49 AM

बिपिन घरब्जा, छन्त्याल
अमेरीका, युरोपिय युनियनले इरानमाथि गरिएको नाकावन्दीका कारण विश्वमा नै पेट्रोलिय पदार्थ महंगीदै गएको छ l अमेरीकाले आफ्नो स्वार्थी पुरा नभएपछि इरान माथि नाकावन्दी गरिएको हो l इरान एउटा पेट्रोलिय निर्यात गर्ने विश्वको तेस्रो मूलकमा पर्दछ l अमेरीकाको अडान र कुटनीतिक संरचनाको खरो विरोध गरिरहेका इरान आज नाकावन्दी खेप्नु परेको छ l

अमेरीकाले चाहन्छन्  इरान सरकार कुटनीतिक रुपमा अमेरीका भन्दा तल रहोस् अमेरीकाको विरोध नगरोस भन्ने चाहन्छन l जे-भएपनि अमेरीका इरानलाई भौतिक रुपमा नभएपनि आर्थिक रुपमा आँधीवेहेरी ल्याउने कुटनीतिक कुतिला रच्न चाहन्छन यसैको एउटा उदाहरण हो यो नाकावन्दी l

इरानले  परामणु परिक्षणको आरोप खेपिरहेका छन् l जवसम्म परामणु परिक्षण भट्टी बन्द हुदैन तव सम्म इरानलाई नाकावन्दी गराइरहने अमेरीकाको योजना हो l अमेरीकाले यो चाहन्छनकी इराक जस्तै इरानमा उत्पादित तेलहरू विना पैसामा आफ्नो प्रभुत्व जमाउन चाहन्छन् l जेहोस् २०१२ को सुरुवातमै इरानलाई नाकावन्दी गरेर विश्व वजारमा तहल्का मच्चाउने अमेरीकालाई पनि नाकावन्दी लगाउने वहस् राष्ट्रसंघको मुख्यालयभित्र चलाय कसो होला ?           

0 : बिचार र सुझाबहरु:

Post a Comment

समाचार अर्काइभ

Like us on Facebook
Follow us on Twitter
Recommend us on Google Plus
Subscribe me on RSS