Home » » जेठ १४ भित्रै संविधान जारी हुन्छ : अर्थमन्त्री पुन

जेठ १४ भित्रै संविधान जारी हुन्छ : अर्थमन्त्री पुन

Written By Admins on Sunday, April 22, 2012 | 6:52 AM

१० बैशाख,काठमाडौं । अर्थमन्त्री बर्षमान पुनले मुलुकको शासकीय स्वरुप ‘फ्रेन्च मोडल’को हुने दलहरुबीच सहमति भएको बताउनु भएको छ । करदाता सेवा कार्यालय,बाग्लुङको उद्घाटन गर्न आज बागलुङ आउनुभएका पुनले भन्नुभयो प्रत्यक्ष निर्वाचित राष्ट्रपति र संसदबाट चुनिएको प्रधानमन्त्रीमा जाने सहमति भै सक्यो ।’ राष्ट्रपति र प्रधानमन्त्रीको क्षेत्राधिकारमा दलहरुबीच छलफलपछि टुङ्गाउने उहाँले बताउनु भयो । मन्त्री पुनले जेठ १४मै संविधान जारी हुने बताउँदै पहिचान र सामाथ्य संघीयता विभाजन हुने बताउनुभयो । ‘संख्याको विषयमा माओवादी, कांग्रेस र एमाले तीनै पार्टीको धारणाबाट मध्यविन्दु पहिल्याईने समेत बताउनुभयो । साथै पुनले मुलुक अव आर्थिक सम्बृद्धिको बाटोमा लागेको भन्दै दलका नेतृत्वले अव आत्म समिक्षा गरेर अगाडि बढ्नु पर्ने बताउनुभयो ।

‘संविधान निर्माण करिव निष्कर्षमा पुगेको छ,’ उहाँले भन्नुभयो अव आर्थिक सम्बृद्धिको दिशामा जान सवै जिम्मेवार बन्नुपर्छ । धैलागिरि क्षेत्रको विकासमा सरकार प्रतिवद्ध रहेको भन्दै मन्त्री पुनले यस क्षेत्रको विकासमा पर्यटन क्षेत्रको विकास गर्न आवश्यक रहेको बताउनुभयो । बागलुङ कार्यलयबाट प्राप्त गर्न सकिने सेवाको बारेमा जानकारी गराउदै आन्तरिक राजश्व विभागका महानिर्देशक टंक मणि शर्माले सरकारले साना व्यवसायीलाई सहज हुने खालको कार्डको व्यवस्था गर्न लागेको बताउनु भयो । साथै शर्माले बागलुङमा स्थापना गरिएको कर कार्यलय स्थायी रुपमा रहने बताउनु भयो । आन्तरिक राजश्व कार्यलय पोखराका प्रमुख कृष्णबहादुर बस्नेतले स्वागत गर्नुभएको कार्यक्रममा उधोग वाणिज्य संघ बागलुङका अध्यक्ष  वसन्त कुमार श्रेष्ठले सम्रग धौलागिरिको बारेमा जानकारी गराउदै यस क्षेत्रको विकासको लागि सरकारले चासो दिनुपर्ने बताउनुभयो ।

आन्तरिक राजश्व कार्यलय पोखराका कर अधिकृत शसि भटटराईले सञ्चालन गर्नुभएको कार्यक्रमको समापन उपमहानिर्देशक विष्णु नेपालले गर्नुभएको थियो ।कर कार्यालय स्थापनासँगै कर तिर्न पोखरा जानुपर्ने धौलागिरीका व्यवसायीको समस्या सुल्झिएको छ । कर कार्यालय नहुँदा यहाँका व्यवसायी पोखरा पुगेर कर
तिर्दै आएका थिए ।

0 : बिचार र सुझाबहरु:

Post a Comment

समाचार अर्काइभ

Like us on Facebook
Follow us on Twitter
Recommend us on Google Plus
Subscribe me on RSS