Home » » म्याग्दी लोक तारा बने कमल विश्वकर्मा

म्याग्दी लोक तारा बने कमल विश्वकर्मा

Written By Admins on Sunday, April 22, 2012 | 3:40 AM

बैशाख १० म्याग्दी l जिल्लामा रहेका नव लोक प्रतिभालाई संरक्षण तथा प्रवद्र्धन गरी पहिचान गराउने लक्ष्यका साथ जेसीज म्याग्दीको मुल आयोजनामा विहीवारदेखी बेनीमा जारी म्याग्दी लोकतारा दुई (टु) प्रतिस्पर्धाका साथ सम्पन्न भएको छ । “लोक गीत र संगीतको प्रबद्र्धन युवाको अभिभारा, नवप्रतिभालाई अवसरका लागी म्याग्दी लोकतारा“ भन्ने मुल नाराका साथ सुरु भएको प्रतियोगीतामा धौलागीरीका म्याग्दी, पर्वत र बाग्लुङ्गका गरी करीब ७५ जनाले सहभागीता जनाएका थिए । गत विहिवार देखी सहभागी मध्येबाट स्वर परिक्षण हुदै शुक्रवार साँझ म्याग्दी लोकतारा टप टेन छनौट गरीएको थियो । टप ट्वान्टीबाट छनौट भई टप टेनमा पर्न सफल प्रतिस्पर्धीहरुबाट रुची चलचित्र


मन्दीर वेनीमा प्रतिस्पर्धा भई  दोस्रो म्याग्दी लोकतारा प्रतियोगितामा बिमका कमल बिक बिजेता हुनुभएको छ । बिहीबारदेखि सुरु भएको प्रतियोगिताको फाईनलमा राखु भगवतीका जिवन कार्की उपविजेता बन्नुभएको छ । लोकतारा बिजेता बिकले आफु लोकतारा बन्ने नसोचेको भएपनि मेहनतले सफलता पाएको बताउनुभयो । स्नातक अध्ययन गरेका बिकले अब सांगितिक क्षेत्रमा लाग्ने र लोक संस्कृतीको संरक्षणमा अग्रसर हुने बताउनुभयो ।

जिविस, अर्थूङ्गे गाविस, लगायत विभिन्न संघ संस्था र स्थानिय सञ्चार माध्ययमहरुको सहयोगमा आयोजना गरीएको लोकतारा –दुईमा प्रतिस्पर्धाबाट प्रथम हुने कमल विश्वकर्माले नगद रु १० हजार , ट्रफि र प्रमाणपत्र पुरस्कार हात पान सफल हुनु भएको छ  भने उप – विजेता कार्कीले  नगद रु ५ हजार, ट्रफि र प्रमाणपत्र पाउनुभएको छ भने उत्कृष्ट १० भित्र आउन सफललाई ट्रफि , प्रमाणपत्रको साथमा मिलन साउण्ड भिजनको तर्फबाट आक्रर्षक पुरस्कारले पुरस्कृत गरीएकोे जेसिज महासचिब नारायण बरालले जानकारी दिनुभयो । यसभन्दा अघि जेसीज म्याग्दीले आयोजना गरेको म्याग्दी लोकतारा प्रथममा शुसिला विश्वकर्मा विजेता र चन्द्र वराईली उपविजेता बनेका थिए । यो बर्षको म्याग्दी लोकतारामा विक्रि भएको प्रत्येक टिकट वरावर रु १५ रुपैयाँ म्याग्दीका मृगौला रोगीहरुलाई सहयोग प्रदान  गर्ने टिकट विक्रि व्यवस्थापन उपसमितिका संयोजक हरी गीरीले  जानकारी दिनुभयो।

0 : बिचार र सुझाबहरु:

Post a Comment

समाचार अर्काइभ

Like us on Facebook
Follow us on Twitter
Recommend us on Google Plus
Subscribe me on RSS