१० वैशाख, काठमाडौ । प्रधानमन्त्री डा.बावुराम भट्टराईले राजनीतिक दलहरुको विचमा छिटै सहमति हुने बताउनु भएको छ । पासाङ्ग ल्हामु पर्वत आरोहण प्रतिष्ठानले ल्हामुको किर्तीमानको १९ औं बर्ष प्रवेशको अवसरमा आज आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री भट्टराईले दलहरु सहमतिको अन्तिम अन्तिममा पुगेको बताउदै सकभर आजको वैठकमा नै सहमतिको प्रयास गर्ने र नभए केहि दिन भित्रै सहमति कायम गरेर शान्ति र संविधानलाई पुर्णता दिने दाबी गर्नुभयो ।
गणतन्त्र, संघियता, धर्मनिरपेक्षता आन्दोलनका महत्वपुर्ण उपलव्धी भएको बताउँदै उहाँले उपलव्धीहरुको संस्थागत गर्ने प्रक्रियामा रहेको समेत स्पष्ट पार्नुभयो ।
प्रधानमन्त्री डा.भट्टराईले संघिय गणतन्त्रको नयाँ संविधान निर्माण गरेर जानुको विकल्प नभएको भन्दै कुनै पनि जाति, धर्म, भाषा, लिङ्गले उत्पीडन महसुस गर्न नपरोस् भन्ने आफनो चाहाना भएकोले सवैलाई समेट्ने संविधान बनाउने बताउनु भयो ।
भट्टराईले शेर्पा समुदायले आफ्नो लगन र परिश्रमले देशलाई अन्तराष्ट्रिय रुपमा चिनाउन महत्वपुर्ण भुमिका निभाएको भन्दै प्रशंसा समेत गर्नुभयो ।
0 : बिचार र सुझाबहरु:
Post a Comment