Home » » जेठ १४ लाई ऐतिहासिक दिन बनाउने छु: खनाल

जेठ १४ लाई ऐतिहासिक दिन बनाउने छु: खनाल

Written By Admins on Saturday, April 21, 2012 | 5:51 AM

काठमाडौ, ९ बैशाख। नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले संबिधान निर्माणमा रहेका बिबादहरुलाई तत्कालै समाधान गरी जेठ १४ लाई सुखद् र ऐतिहासिक दिन बनाउन चाहेको बताउनु भएको छ। शान्ति र संबिधान लेखनका लागि नागरिकस्तरबाट सुझाब लिन थालिएको बिशेष टेलिफोन सम्बादमा आज कन्चरनपुरबासीसँग कुरा गदै उहाँले मुलुकको भाग्य र भबिष्यलाई सुन्दर बनाउन निर्धारित समयमै नयाँ संबिधान ल्याउनुको बिकल्प नभएको बताउनुभयो।

बिबादीत बिषयमा सहमतीको धेरै निकट पुगेको जानकारी दिदै उहाँले जेठ १४ लाई कुनैपनि राजनीतीक दलले दुखद दिन बनाउन नचाहेकोले तोकिएको समयमै नयाँ संबिधान आउनेमा आशंका नगर्न आग्रह गर्नुभयो। हिजो मात्रै कैलालीमा हतियार भेटिएको प्रसंगमा अध्यक्ष खनालले हतियार बाहिर राखेर अगाडी बढाईएको शान्ति प्रक्रियाले जनतामा रहेको दिगो शान्ति र संबृद्धीको अपेक्षालाई कुठराघात गर्ने वताउनुभयो। सुझाबका लागि अध्यक्ष खनालले आज एमाले कन्चनपूरका अध्यक्ष ईश्वरीप्रसाद खरेल, काँग्रेसका जिल्ला सचिब भोजरान बोहोरा, एकिकृत माआबोदीका जिल्ला इन्चार्ज डीजी पाण्डे, महिला प्रतिनिधी लक्ष्मी बिक, नागरिक अगुवा भबराज जोशि, जनजातीका बलबहादुर डगौरा र अधिकारकर्मी भगत बिकसंग कुराकानी गर्नुभयो।

सुझाबकर्ताहरु सबैले जातीय राज्यले अहिले कायम रहेको जातीय सहिष्णुतालाई बिथोल्न सक्ने तर्फ सचेत गराउँदै सुदुरपश्चिमलाई राज्यले हेर्ने दृष्टिकोणमा परिबर्तन गर्न आवश्यक रहेको सुझाब दिएका छन्।

0 : बिचार र सुझाबहरु:

Post a Comment

समाचार अर्काइभ

Like us on Facebook
Follow us on Twitter
Recommend us on Google Plus
Subscribe me on RSS