Home » » चरम आर्थिक संकटले गैरेले आत्महत्याको बाटो रोजेको प्रहरीको आशंका

चरम आर्थिक संकटले गैरेले आत्महत्याको बाटो रोजेको प्रहरीको आशंका

Written By Admins on Friday, April 20, 2012 | 11:02 PM

शान्ति छन्त्याल, रेडियो ढोरपाटन, बागलुङ-

साईतामा केनको तोदा क्षेत्रको स्थानिय नदिमा मृत अवस्थामा भेटिएका बागलुङ
नरेठाँटी ३ का योगेन्द्र गैरेको पानीमा डुवेर मृत्यु भएको प्रहरीले जनाएको छ ।  छानविनका क्रममा गैरेले नदिमा हाम फालेर आत्महत्या गरेको हुन
सक्ने अनुमान गरिएको छ । केहि बर्ष अगाडी कुक भिसामा जापान गएका गैरे लामो समयदेखि बेरोजगार रहेको र रोजगारीको शिलशिलामा फुकुओका, फुकुसीमा हुँदै साईतामा केनमा पुगेका थिए ।

मृतक गैरेको वास्तविकता बुझ्नका लागि हिजो त्यस तर्फ भएको एनआरएन जापानको टोलीलार्य छानविनमा संग्लग्न तादा प्रहरी विभागले गैरेको शरिरमा कुनैपनि चोटपटक नलागेको र हत्या भन्न मिल्ने त्यस्तो कुनै प्रमाण नभेटिएकाले आफै पानीमा हाम फालेर आत्महत्या गरेको हुन सक्ने बताएको छ । मृतक गैरेको शव बुधबार विहान नजिकैको नदिमा तैरिएको अवस्थामा फेला परेको थियो ।

0 : बिचार र सुझाबहरु:

Post a Comment

समाचार अर्काइभ

Like us on Facebook
Follow us on Twitter
Recommend us on Google Plus
Subscribe me on RSS