Home » » होटेलमा छापामा मार्दा २१ जोडीलाई पक्राउ

होटेलमा छापामा मार्दा २१ जोडीलाई पक्राउ

Written By Admins on Thursday, April 19, 2012 | 11:46 PM

८ बैशाख,  चितवन । चितवनको नारायणगढ र भरतपुरका विभिन्न होटलमा छापा मारी प्रहरीले यौन कार्यमा संलग्न रहेको आरोप र रंगेहात २१ जोडीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमध्ये अधिकांश क्याम्पसहरुमा पढ्ने युवती र श्रीमान विदेशमा हुनेहरु छन ।
चितवनका प्रहरी नायव उपरीक्षक रवी पौडेलको नेतृत्वमा गएको टोलीले नारायणगढको माडी होटल, सगरमाथा होटल, चितवन होटल, नेपाल गेष्ट हाउस, दिव्य गेष्ट हाउसबाट ति जोडिलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुमा १७ देखि ५५ वर्ष उमेरका महिला र पुरुष रहेका छन् ।


प्रहरीपुगेपछि अर्धनग्न अवस्थामा भाग्दा भाग्दै केहीलाई प्रहरीले पक्राउ परेको थियो । प्रहरीले छापा हान्ने क्रममा ति होटल तथा लजहरुमा केही समय रुवावासी र भाग दौड मच्चिएको थियो । पक्राउका क्रममा अन्दाजि २५ देखि ३० वर्षकि एक महिला प्रहरीसंग रुंदै भन्दै थिइन 'प्लिज सर मलाई छाडि दिनुस बरु म तपाइले जे भनेपनि मान्छु ।' अन्य युवतिहरु जो कलेज पढ्ने जस्ता थिए ति भने मुख छोपेर परिचय लुकाउन खोज्दै थिए ।
पक्राउ परेका मध्ये अधिकांश कलेजका किशोर-किशोरी र श्रीमान विदेशमा रहेका महिलाहरु भएको प्रहरीले बताएको छ ।

0 : बिचार र सुझाबहरु:

Post a Comment

समाचार अर्काइभ

Like us on Facebook
Follow us on Twitter
Recommend us on Google Plus
Subscribe me on RSS