Home » » संविधान संशोधन गर्न तिनै दलको सहमति

संविधान संशोधन गर्न तिनै दलको सहमति

Written By Admins on Thursday, April 19, 2012 | 4:10 AM

काठमाडौँ, वैशाख ६ गते। प्रमुख राजनीतिक दलहरूबीच संविधान निर्माण प्रक्रिया छोट्याउन अन्तरिम संविधानको धारा ७० संशोधन गर्ने सहमति भएको छ। संशोधनको विद्यमान प्रावधान अनुसार जाँदा संविधानसभाको निर्धारित समयसीमाभित्र नयाँ संविधान जारी हुने सम्भावना नरहेपछि बुधबार शान्ति तथा पुनःनिर्माण मन्त्रालयमा बसेको दलहरूको बैठकबीच संशोधनका लागि सहमति भएको हो। धारा ७० अनुसार संविधानको विधेयक पारित गर्दा संविधानको प्रस्तावना वा कुनै धारामा सर्वसम्मत नभएमा कम्तीमा एउटा धारा पास गराउन २२ दिन लाग्ने प्रावधान छ।


एकीकृत नेकपा -माओवादी), नेपाली काँग्रेस र नेकपा -एमाले)का नेताहरूबीच सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोग गठनबारे बिहीबार अन्तिम निर्णय गर्ने सहमति पनि भएको छ।
बैठकपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै काँग्रेसका उपसभापति रामचन्द्र पौडेल तथा नेता अर्जुननरसिंह केसी, एमालेका सचिव ईश्वर पोखरेल, माओवादीका खिमलाल देवकोटालगायतका नेताहरूले बिहीबार १२ बजे बैठक बसेर यी दुवै विषयको अन्तिम टुङ्गो लगाइने बताउनुभएको छ।

''आज आयोग गठनबारे सचिवहरूले बनाएर ल्याएको ड्राˆट हेर्‍यौँ।'' बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै पौडेलले भन्नुभयो, ''भोलि -बिहीबार)
यसबारे अध्ययन गर्ने र थप मिलाएर ल्याएपछि अन्तिम रूप दिने भन्ने सहमति भएको छ।"
नेताहरूले सत्य निरूपण र मेलमिलाप आयोग एउटै बनाउने कि दुईवटा बनाउने भन्ने विषयमा छलफल जारी रहेको बताउनुभएको छ। बैठकमा प्रधानमन्त्रीले पेस गर्नुभएको दुवै प्रस्तावमा दलहरूबीच सकारात्मक छलफल भएको जानकारी दिँदै माओवादीका देवकोटाले यसको विविध पक्षहरूबारे दलहरूबीच रहेको केही समस्याहरूबारे समझदारी गरेर अन्तिम टुङ्गो लगाइने बताउनुभयो।

0 : बिचार र सुझाबहरु:

Post a Comment

समाचार अर्काइभ

Like us on Facebook
Follow us on Twitter
Recommend us on Google Plus
Subscribe me on RSS