Home » » १४ सय आधुनिकता हतियार कहाँ लुकाए माओवादीले ?

१४ सय आधुनिकता हतियार कहाँ लुकाए माओवादीले ?

Written By Admins on Wednesday, April 18, 2012 | 8:04 AM

६ बैशाख, काठमाण्डौ । माओवादीले युद्धकालमा सेना र प्रहरीबाट खोसेका हतियार र उनीहरुले अनमिनको रोहबरमा कन्टेनरमा राखेका हतियारको हिसाव नमिलेको उहिल्लै खासखुस चर्चा हुने गरेको हो । तर, माओवादी लडाकू नेपाली सेनाको मातहत गइसक्दा माओवादीले ठूलो संख्यामा अत्याधुनिक हतियार शिविर बाहिरै लुकाएर राखेको तथ्य खुलासा हुन थालेको छ ।
हिसाव नमिलेको त्यतिबेला प्रचण्डले हतियार खोलाले बगाएको बताएका थिए । त्यसरी खोलाले बगाएको भनेर राज्यसत्ता कब्जा गर्न बाहिरै राखिएका करिव १ हजार ४ सय ११ हतियार के गर्ने भन्ने बिषयमा अहिले माओवादीभित्र बिबाद बढेको बुधबारको जनआस्था साप्ताहिले छापेको छ ।


एके ४७ सहित माओवादीले किनेको करिव ६ सय थान र सेना तथा प्रहरीबाट लुटिएका करिव ८ सय ११ हतियार कहाँ छन भन्ने टुंगा लागेको छैन् । माओवादी अध्यक्ष प्रचण्डले लडाकूको बन्द प्रतिक्षणमा भन्ने गर्थे- हाम्रो लडाकूको कोर टीम वाईसिएलमा छ र हाम्रा असली हतियार पनि बाहिरै छन् ।’
नेपाली सेना, पुलिस र राष्ट्रिय अनुसन्धान बिभागको बिश्लेषणअनुसार माओवादीले केही हतियार खाडलमा गाडेर राखेको छ । उनीहरुको अनुमान छ- एक महिनाको बिचमा केही हतियार झिकिएको छ । तीनै झिकिएका हतियार आफुतिर पड्कीने हुन कि भनेर अहिले प्रचण्ड बाबुराम तर्सिएका छन् ।

सेना पुलिसबाट खोसिएका र बिदेशबाट किनिएका केही हतियार माओवादीले रोल्पा, संखुवासभा, झापा र काठमाण्डौंको रिङ वरपर लुकाएर राखेका छन् । हिजो आफ्नै लागि लडेका जनसेना र राज्यसत्ता कब्जाका लागि भनेर लुकाएर राखिएका आधुनिक हतियार अहिले प्रचण्ड र बाबुरामेका ब्यक्तिगत सुरक्षाका लागि सवैभन्दा ठूलो खतरा बनेका छन् ।


युद्धकालमा माओवादीले नेपाली सेनाबाट बिभिन्न प्रकारका ७ सय ९६ र शसस्त्र प्रहरीबाट २ सय ४६ थान हतियार लुटेर लगेको थियो । नेपाल प्रहरीबाट ३ हजार २ सय २३ थान हतियार लुटेको थियो । यी तीनवटा सुरक्षा निकायबाट मात्र माओवादीले ४ हजार दुई सय ६६ थान हतियार लुटेको थियो । अनिमिनलाई साक्षी राखेर बिभिन्न कन्टेनरमा राखिएका हतियार भने जम्मा ३ हजार ४ सय ५५ थान मात्र छन् ।

0 : बिचार र सुझाबहरु:

Post a Comment

समाचार अर्काइभ

Like us on Facebook
Follow us on Twitter
Recommend us on Google Plus
Subscribe me on RSS