Home » , » शाहरुख खानलाई अमेरिकाको विमान स्थलमा साढे एक घण्टा रोकिए

शाहरुख खानलाई अमेरिकाको विमान स्थलमा साढे एक घण्टा रोकिए

Written By Admins on Friday, April 13, 2012 | 6:31 AM

१ वैशाख, काठमाडौं । बलिउडका सुपरस्टार शाहरुख खानलाई अमेरिकाको नयूयोर्कस्थित विमानस्थलमा साढे एक घण्टा रोकिएको घटनामा अमेरिकाले माफी मागेपनि भारतले माफीले मात्र नपुग्ने बताएको छ । शाहरुखलाई विमानस्तरमा सोधपुछका लागि भन्दै रोकेपछि अमेरिकास्थित भारतीय दूतावासले प्रशित गरेको पत्रमा ‘अत्यन्त खेद’ जनाएको छ ।  भारतले यस विषयलाई गम्भिरताका साथ लिएको समाचार संस्था पीटीआईले जनाएको छ । भारतीय विदेशमन्त्री एसएम कृष्णाले भनेका छन्– ‘पहिले रोक्ने अनि पछि माफी माग्ने अमेरिकाको बानी नै बनिसकेको छ, यो प्रक्रिया जारी रहन सक्दैन, माफी मागेर मात्र हुँदैन ।’ एजेन्सीका अनुसार भारथीय विदेशमन्त्रीले भारतीय दूतलाई यस विषयमा अमिरेकी अधिकारीसँग कुरा गर्न निर्देशन दिएका छन् ।


 
शाहरुख खान एक चार्टर विमानबाट नीता अम्बानीका साथ न्यूयोर्क नजिकै बनेको ह्वाइट प्लेन विमानस्थलमा पुगेका थिए । उनलाई त्यहाँका विश्वविद्यालयले आफ्नो सर्वोच्च सम्मान ‘चब फेलोशिप’ प्रदान गर्नको लागि अमेरिका बोलाइएको थियो । सोही कार्यक्रममा मन्तव्य दिने क्रममा उनले आफूलाई केही ससमय नियन्त्रणमा लिइएको र सोधपुछ गरिएको बताएका थिए । उनले मुस्कुराउँदै भनेका थिए– ‘जहिले पनि मलाई विमानस्थलमा रोकिनका लागि अमेरिका आउनुपर्छ ।’ यसअघि शाहरुखलाई २००९ को अगस्टमा पनि अमेरिकी विमानस्थलमा रोकिनु परेको थियो ।

0 : बिचार र सुझाबहरु:

Post a Comment

समाचार अर्काइभ

Like us on Facebook
Follow us on Twitter
Recommend us on Google Plus
Subscribe me on RSS