Home » » म्याग्दीको विगत गाउमा जलविद्युत परियोजना सञ्चालन

म्याग्दीको विगत गाउमा जलविद्युत परियोजना सञ्चालन

Written By Admins on Friday, April 13, 2012 | 1:10 AM

म्याग्दी, बैशाख १ – म्याग्दीको कुइनेमंगले गाविसमा १५ किलोवाट क्षमताको लघु जलविद्युत परियोजना सञ्चालनमा आएपछि दुर्गम कुइनेमंगले गाउँ झिलीमिली बनेको छ। कुइनेमंगलेका १ सय ३२ घरधुरीले मासिक रुपमा ४८ रुपैंया तिरेर विजुली बाल्न पाएका छन।

धौलागिरी सामुदायिक स्रोत विकास केन्द्रको २२ लाख,जिल्ला विकास समिति म्याग्दीको ४ लाख १६ हजार, कुइनेमंगले गाविसको १३ लाख र स्थानीय वासिन्दाको २९ लाख रुपैंया गरी कुल ६८ लाख १६ हजार रुपैंयाको लागतमा परियोजना सम्पन्न भएको हो।

गाउँमा विजुली वाल्नका लागि स्थानीय वासिन्दाहरुले ५० दिनसम्म श्रमदान समेत गरेका थिए। परियोजनावाट चौरखानी, ध्यासीखर्क र ढाँड लगायतका गाउँका १ सय ३२ घरधुरीले विद्युत उपभोग गरेका छन् ।

0 : बिचार र सुझाबहरु:

Post a Comment

समाचार अर्काइभ

Like us on Facebook
Follow us on Twitter
Recommend us on Google Plus
Subscribe me on RSS