Home » » बैद्य पक्षले एक महिनासम्म आन्दोलन गर्ने चेतावनी

बैद्य पक्षले एक महिनासम्म आन्दोलन गर्ने चेतावनी

Written By Admins on Thursday, April 12, 2012 | 9:19 AM

काठमाडौं, चैत ३०। शान्ति र संविधानले गति लिन लागेको बेला एकीकृत नेकपा माओवादीका मोहन बैद्य पक्ष भने संघर्षको घोषणा गरेको छ । आम जनताले स्वागत गरिरहेको सेना समायोजनको निर्णयप्रति असन्तुष्ट हुँदै असहमति स्वरुप बैद्य पक्षले एक महिने संघर्षको कार्यक्रम घोषणा गरेको हो ।
बैद्य पक्षले केही साना दलहरुसँग मिलेर संयुक्त जनआन्दोलन समितिको नाममा एक महिना आन्दोलन गर्न लागेको हो । विहिबार सो समितिको बैठकपछि पत्रकार सम्मेलनमार्फत चरणवद्ध आन्दोलनको कार्यक्रम घोषाणा गर्दै विभिन्न स्थानमा आमसभा गर्ने देखि हस्ताक्षर अभियान समेत चलाउने निर्णय समेत गरेको छ । सो संयुक्त समितिका संयोजक माओवादी नेता सिपी गजुरेलले संघर्षको कार्यक्रम घोषणा गर्दै आभसभ गर्ने स्थानहरु बताएका थिए ।

आमसभा काभे्र, उदयपुर, कास्की, रुपन्देही, झापा, धनुषा, डोटी लगायतका स्थानमा हुने जनाइएको छ । संघर्षको कार्यक्रममा वैशाख २३ गते संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र संघीय लिम्बुवान राज्य परिषदले चक्रपथमा मार्चपास गर्ने पनि उल्लेख छ । हस्ताक्षर अभियान चलाएर जम्मा भएको हस्ताक्षर संविधानसभाका अध्यक्ष सुवास नेम्बाङलाई जेठ १ गते बुझाउने पनि कार्यक्रम तय गरिएको छ ।

0 : बिचार र सुझाबहरु:

Post a Comment

समाचार अर्काइभ

Like us on Facebook
Follow us on Twitter
Recommend us on Google Plus
Subscribe me on RSS