Home » » कोठरीभित्र बनाईएको संविधान अस्विकार- खनाल

कोठरीभित्र बनाईएको संविधान अस्विकार- खनाल

Written By Admins on Tuesday, April 10, 2012 | 7:11 AM

२८ चैत, काठमाडौं । नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले अँध्यारो कोठरीभित्र बनाईएको संविधान नेपाली जनताले सिधै अस्विकार गर्ने बताएका छन् । मंगलबार खनालले सोलुखुम्बुबासीसँग टेलिफोनमा कुरा गर्दै कुनै संस्था वा व्यक्तिले दिएको रेडिमेड संविधान नेपाली जनतालाई मान्य नहुने भन्दै सो बतनाएका हुन् ।

अध्यक्ष खनालले शान्ति प्रक्रिया टुङ्गिएको एक हप्ताभित्रै संविधानका विवादित बिषयहरुमा सहमति जुट्ने बिश्वास व्यक्त गर्दै सोलुखुब्वुवासीलाई सार्वभौम संविधानसभाले प्रक्रिया पूरा गरेर ल्याएको संविधान नै नेपाली जनताको संविधान हुने स्पष्ट पारे । चैत्र मसान्तभित्र शान्ति प्रक्रियाको आधारभुत कार्य सेना समायोजन टुङ्गिए समयमै संविधान आउने खनालको विश्वास छ । जातीय आधारमा प्रदेशहरु निर्माण गर्ने कुरा पहिचानका पाँच आधारहरुमध्ये एउटा आधार भएको बताउँदै खनालले सबै जातजाती, भाषा, धर्ममा विश्वास गर्ने जनताको अधिकार सुनिष्चित हुनेगरी प्रदेशहरु निर्माण गर्नुपर्नेमा जोड दिए ।

0 : बिचार र सुझाबहरु:

Post a Comment

समाचार अर्काइभ

Like us on Facebook
Follow us on Twitter
Recommend us on Google Plus
Subscribe me on RSS