Home » » पत्रकार पौडेलको हत्या गर्नेमाथि मुद्दा दायर

पत्रकार पौडेलको हत्या गर्नेमाथि मुद्दा दायर

Written By Admins on Sunday, April 8, 2012 | 8:46 AM

२६ चैत, काठमाडौं । झापाका पत्रकार यादव पौडेलको हत्यामा संलग्न रहेको आशंका पक्राउ परेका विर्तामोडस्थित पूर्वाञ्चल सेकुवा कर्नरका सञ्चालकद्धय सोम ढकाल र मञ्जु ढकाल तथा युवराज गिरी विरुद्ध झापा प्रहरीले आइतबार मुद्धा दायर गरेको छ। झापा जिल्ला अदालतले उनीहरुलाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न म्याद दिएको छ।

मृतक पौडेलका जेठान छविलाल खतिवडाले सोम ढकाल, मञ्जु ढकाल, युवराज गिरी र मदन राई विरुद्ध किटानी जाहेरी दिएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो। अर्का आरोपी मदन राई भने अझै फरार रहेको प्रहरी उपरीक्षक तारिणीप्रसाद लम्सालले जानकारी दिनुभयो। एसपी लम्सालले अनुसन्धान अझै बाँकी रहेको बताउदै छिट्टै निष्कर्षमा पुग्ने बताउनुभयो। यसैबीच नेपाल पत्रकार महासंघ झापाले पत्रकार पौडेलको हत्याको विरोधमा आयोजना गरेको र्‍यालीमा विभिन्न संघ संस्थाहरुले ऐक्यबद्धता जना एका छन्।

0 : बिचार र सुझाबहरु:

Post a Comment

समाचार अर्काइभ

Like us on Facebook
Follow us on Twitter
Recommend us on Google Plus
Subscribe me on RSS