Home » » भक्तपुरमा यात्रुबाहक बस दुर्घटना हुदा १४ घाइते

भक्तपुरमा यात्रुबाहक बस दुर्घटना हुदा १४ घाइते

Written By Admins on Friday, April 6, 2012 | 1:14 AM

२४ चैत, काठमाडौं । भक्तपुरबाट चाँगु जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय भक्तपुरका अनुसार बा २ ख २०२३ नम्बरको बस भक्तपुरको बकुनेस्थित सडकबाट १० मिटरजति तल खसेको थियो । दुर्घटनामा परी घाइते भएका यात्रुहरुको भक्तपुर अस्पतालमा उपचार भइरहेको छ । 
 
घाइतेहरुको पहिचानको कार्य भैरहेको प्रहरीले बताएको छ । दुर्घटना बिहान ९ बजेर ३५ मिनेट जाँदा भएको थियो । बसमा करिब ४० जना यात्रु रहेको प्रहरीले बताएको छ ।

0 : बिचार र सुझाबहरु:

Post a Comment

समाचार अर्काइभ

Like us on Facebook
Follow us on Twitter
Recommend us on Google Plus
Subscribe me on RSS