काठमाडौ, ३१ बैशाख। नेपाल आदिवासी जनजाती महासंघले संघीयता विरोधी मिडियालाई बहिस्कार गर्ने चेतावनी दिएको छ। आइबार रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलालाई एक ज्ञापनपत्र बुझाउँदै महासंघका महासचिव आङ काजी शेर्पा किसानले त्यस्तो चेतावनी दिएका हुन।
ज्ञापन पत्र बुझाउँदै शेर्पाले महेन्द्र मोडलको हिमाल पहाड तराई प्रदेश सँगै अखण्ड सुदुरपश्चिमको मागप्रति आक्रोस पोख्नुभयो। उहाँले अखण्ड र भुगोलको आधारमा संघीयता बनाएर फेरी बाहु र क्षेत्रीले शासन गर्ने षडयन्त्र भईरहेको भन्दै ज्ञानेन्द्रको पैसा खाएर शेरबहादुर देउवा, लोकेन्द्रबहादुर चन्द, भीम रावल, कृष्णप्रसाद सिटौला, टोपबहादुर रायमाझी, कमल थापा र चित्रबहादुर केसीले संघीयता विरोधी आन्दोलन गरेको आरोप लगाउनुभयो। उहाँले चेतावनी दिदै संघीयता विरोधी आन्दोलन तत्काल फिर्ता नलिए हामि त्यसको प्रतिकारमा उत्रने बताउनुभयो। भौगोलिक पहिचानको आधारमा संघीयता स्विकार्य नहुने स्पष्ट पादै ज्ञापन पत्र मार्फत उनले पहिचान विरोधीलाई होसियार रहन चेतावनी पनि दिनुभयो। खस हिन्दु अंहकारबादी सन्चारकर्मीहरुले सुनियोजित रुपमा संघीयताको विरोध गरेको भन्दै त्यस्तो कार्य तत्काल नरोके त्यस्ता सन्चारकर्मी र माध्यमको बहिस्कार र विज्ञापन रोक्ने चेतावनी समेत ज्ञापन पत्रमा दिईएको छ।
ज्ञापनपत्र बुझ्दै क्लबका अध्यक्ष धमलाले रिपोर्टर्स क्लब जातीय संघीयताको पक्षमा नरहे पनि सबैको सम्मान हुने गरी समन्वयात्मक ढंगले संघियता हुनु पर्ने पक्षमा रहेको भन्दै त्यसकोलागी क्लबले समन्वयकर्ताको भूमिका साक्षात्कारसहित विभिन्न फोरमबाट सन्चालन गर्ने प्रतिबद्धता ब्यक्त गरे ।
0 : बिचार र सुझाबहरु:
Post a Comment