घाइते चिनियाँ नागरिक समेत नेपालका बलबहादुर तामाङ र दुर्गाबहादुर मगरलाई राति नै चौतारा अस्पतालमा उपचार गराई कारागारमा फर्काइएको र उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले बताएको छ । प्रहरीले तीनजना मात्र घाइते भने पनि कैदीहरुले छ–सातजना घाइते भएको बताएका छन् । यसैबीच, घटनामा संलग्न भएको आरोपमा छजनालाई हिरासतमा राखिएको प्रहरीले बताएको छ । सातजना महिला कैदीका लागि बनाइएको नवनिर्मित कारागार भवनमा हाल ९२ जना पुरुष कैदीलाई राखिएको छ ।
कैदी–कैदीबीच झडप हुँदा एक चिनिया सहित तीन घाइते
Written By Admins on Friday, May 11, 2012 | 9:43 PM
चौतारा, वैशाख ३० । जिल्ला कारागार सिन्धुपाल्चोकका कैदीकैदीबीच झडप हुँदा थुनामा रहेका एक चिनियाँसहित तीनजना घाइते भएका छन् । कारागारका नाइके तथा भाइनाइकेले अनावश्यक रुपमा दमन गरी बेलाबेलामा कुटपिटसमेत गर्ने गरेको भन्दै गएराति आन्दोलित कैदीबीच कुटाकुट भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
0 : बिचार र सुझाबहरु:
Post a Comment