![]() |
काठमाडौं,२९ बैशाख l गत शनिबार सेती नदिमा आएको बाढीले झण्डै ७ करोड रुपैयाँको नोक्सान भएको जिल्ला बिपद् व्यवस्थापन समितिले जनाएको छ । जिल्ला प्रशासन कार्यालय र जिल्ला विकास समिति कास्कीले बाढीबाट ४ करोड ९६ लाख २८ हजार रुपैंयाँ बराबरको सार्वजनिक र १ करोड ७६ लाख ७ हजार रुपैया बराबरको नीजि सम्पत्ति नोक्सान भएको जानकारी दिएको छ ।
बाढीमा परि ज्यान गुमाएकामध्ये अहिलेसम्म २७ जनाको शव भेटिएको छ भने ४३ जना अझै बेखवर छन । भेटिएका शव मध्ये पनि २१ जनाको सनाखत भएको छ भने अझै सम्म ८ जनाको सनाखत हुन सकेको छैन
सेतीको बाढीले १९ वटा घर, ३ वटा झोलुङ्गे पुल, ८ वटा पाटीपौवा, २ वटा पानी घट्ट, ४५ मिटर पाईप सहित खानेपानीको ट्रस ब्रिजमा क्षति पुर्याएको जानकारी दिइएको छ । बाढीका कारण माछापुच्छ्रे गाविसको १ सय ४४ रोपनी खेतीयोग्य जमिन बगरमा परिणत भएको छ ।बाढीबाट क्षति पुगेको मर्दिको मुहानबाट पोखरासम्म खानेपानी ल्याउन प्रयोग गरिएको पाईप र ट्रष्ट ब्रिज मर्मतका लागि १ करोड १७ लाख रुपैयाँ लाग्ने बताइएको छ ।
0 : बिचार र सुझाबहरु:
Post a Comment