नेता पौडेलका अनुसार सरकार विस्तारका क्रममा केही कमजोरी भएको स्विकार्दै प्रधानमन्त्रीले कमजोरी सच्याउने प्रतिबद्धता बैठकमा पेस गर्नुभएको र सोही अनुसार नेपाली कांग्रेसले पनि नेकपा -एमाले)लाई सरकारमा आउन आहृवान गरेको जानकारी दिनुभयो ।
यसैगरी, संविधान निर्माण र संविधान निर्माणका क्रममा देखिएका विवाद तत्काल हल गरेर जाने विषयमा पनि तीन दल सहमति नजिक पुगेको एकीकृत नेकपा -माओवादी)का उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँले सहमतिलाई अक्षरशः कार्यान्वयन गर्दै अगाडि बढ्ने र देखिएका समस्यालाई हल गर्ने विषयमा तीनै दल सहमत भएको बताउनुभयो । बैठकमा नेकपा -एमाले)ले प्रधानमन्त्रीले स्वेच्छाचारी ढङ्गले मन्त्रालयको भागबन्डा गरेको र त्यस सम्बन्धमा एमालेसँग कुनै पनि सरसल्लाह नगरेको भन्दै आपत्ति प्रकट गरेपछि प्रधानमन्त्रीले कमजोरी सच्याएर जाने प्रतिबद्धता व्यक्त गर्नुभएको बताइएको छ । नेकपा -एमाले)का नेता भीमबहादुर रावलका अनुसार प्रधानमन्त्रीले कमजोरी सच्याउन तयार रहेको र पाँचबुँदे सहमतिअनुसार नै सरकार विस्तार गर्न आफू प्रतिबद्ध रहेको बताउनुभएको थियो ।
यसैगरी, संविधान निर्माणको क्रममा देखिएका विवादलाई दर्ुइ दिनभित्रै सहमति गरी अन्तिम मस्यौदा तयार गर्ने समझदारी समेत भएको छ । बैठकमा देशका विभिन्न स्थानमा भइरहेको सङ्घीयताका पक्षधर र विरोधीको आन्दोलनलाई रोकेर वार्ता मार्फ सहमतिमा आउन समेत आग्रह गरिएको छ । मुख्यगरी सुदूरपश्चिममा भइरहेको आन्दोलन रोक्नसमेत तीन दलको बैठकले संयुक्त रूपमा आहृवान गरेको छ ।
बैठकले वार्ता र संवाद मार्फ समस्याको समाधान गर्न आग्रह गर्दै जनजीवनमा प्रभावित नपार्न सरोकारवाला पक्षलाई आग्रह गरेको छ । बैठकमा आइतबार त्रिचन्द्र क्याम्पसमा विद्यार्थीमाथि गरिएको प्रहरी दमनको भर्त्सना गर्दै दोषीउपर कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरिएको थियो ।
0 : बिचार र सुझाबहरु:
Post a Comment