काठमाडौं, बैशाख २१ – माओवादी र मधेशी मोर्चा सहमतिबाट पछि हटेको भन्दै नेकपा एमाले प्रधानमन्त्री डा. बाबुराम भट्टराईले राजीनामा नदिएसम्म वर्तमान सरकारमा सहभागि नहुने भएको छ । बिहीबार बसेको स्थायी समितिको बैठकले बुधबारको छलफलमा भएको सहमतिबाट माओवादी र मधेशी मोर्चा पछि फर्किएको निष्कर्ष निकाल्दै अहिलेकै सरकारमा सहभागि हुन नसकिने निर्णय गरेको नेता केपी ओलीले जानकारी दिनुभयो ।
अहिलेको सरकार वहुमतीय प्रक्रियाबाट बनेको हुनाले प्रधानमन्त्रीले राजिनामा नदिएसम्म सहमतिय सरकार बन्नै नसक्ने ओलीले बताउनुभयो । बैठकले माओवादी सबै दललाई पेलेर अघि जाने बाटोमा अग्रसर भएको भन्दै कडा रुपमा प्रस्तुत हुनुपर्ने निर्णय पनि गरेको ओलीले जानकारी दिनुभयो ।
माओवादी आलटाल गरेर अहिलेकै गठनबन्धनलाई अघि बढाउने र संविधान पनि नबनाउने रणनीतिमा लागेको ओलीले आरोप लगाउनुभयो ।
0 : बिचार र सुझाबहरु:
Post a Comment