Home » » १६ वर्षकी निमा छेम्जीको सफल सगरमाथा आरोहन

१६ वर्षकी निमा छेम्जीको सफल सगरमाथा आरोहन

Written By Admins on Tuesday, May 22, 2012 | 7:49 AM

काठमाडौँ, जेठ ९ l गत मे १९ तारिखका  अपरान्ह १२ बजेर १३ मिनेटमा  १६ बषिर्य नेपाली किशोरी निमा छेम्जी शेर्पाले सर्वोच्च शिखर सगरमाथा आरोहण गरेकी छिन् । अहिलेसम्म १६ जना नेपाली महिलाले सगरमाथाको सफल अरोहण गरेको भएपनि ती सवै २० बर्षभन्दा माथिका थिए । छेम्जीले आफु सवैभन्दा कम उमेरको महिला सगरमाथा आरोही भएको दावी गरेकी छिन् । यसअघि पुरुष आरोहीवीच कम उमेरको सगरमाथा आरोहणमा प्रतिस्पर्धा भएपनि महिलाहरु २० बर्ष माथिका मात्र रहेको पर्यटन उद्योग महाशाखाले जनाएको छ ।

एसएलसी परिक्षा दिएर बिदाको समय सदुपयोग गर्दै पितासँगै छेम्जी सगरमाथा आरोहणमा गएकी थिइन् । सोलुखुम्बुको गुदेल गाविसकी शेर्पा काठमाण्डौंको बौद्धमा वस्दै आएकी छिन् ।था आरोहणमा गएकी थिइन् ।

0 : बिचार र सुझाबहरु:

Post a Comment

समाचार अर्काइभ

Like us on Facebook
Follow us on Twitter
Recommend us on Google Plus
Subscribe me on RSS