झालाई भेट्न उनकै निवास लैनचौर गएका अध्यक्ष प्रचण्डलाई उपराष्ट्रपतिले संवैधानिक संकट भएको यो अवस्थामा जिम्मेवार भएर कदम चाल्न आग्रह गरेको बताईएको छ । सहमति विना कुनै काम पनि अघि बढ्न नसक्ने भएकाले सकेसम्म लचक भएर विवादित विषयमा सहमति गरी अघि बढ्न झाले सुझाब दिएका थिए ।
जवाफमा प्रचण्डले आफु नियमित रुपमा छलफलमा रहेको बताउँदै अब केहीदिनमै सहमति गरी संवैधानिक संकटको अन्त्य गरेका जानकारी गराएका थिए । माओबादी अध्यक्ष प्रचण्ड र उपराष्ट्रपतिबीचको यो भेटवार्तालाई निक्कै महत्वपूर्ण रुपमा हेरिएको छ । किनकि प्रचण्ड र परमानन्द झाबीच विरलै भेटवार्ता हुने गर्दछ । कतिपय दलहरुले सरकारलाई अपदस्थ गर्ने गरी कदम चाल्न राष्ट्रपतिलाई आग्रह गरिरहेका बेला प्रचण्डको उपराष्ट्रसँगको भेटलाई महत्वका साथ हेरिएको हो ।
दलहरुबीच आन्तरिक र द्विपक्षिय विवाद बढिरहेपनि प्रचण्डले भेटबार्तालाई निरन्तरता दिईरहेका छन् । उनले मंगलबार पनि एमाले र काँग्रेसका नेताहरुसँग अनौपचारिक छलफल गरी सहमतिय वातावरणका साथ अघि बढ्न आग्रह गरेका थिए ।
0 : बिचार र सुझाबहरु:
Post a Comment