Home » » सात मिनेटको अन्तरलमा २०बषिर्या युवतीले जन्माइन् चार सन्तान

सात मिनेटको अन्तरलमा २०बषिर्या युवतीले जन्माइन् चार सन्तान

Written By Admins on Tuesday, June 12, 2012 | 10:59 PM

३१ जेठ, काठमाण्डौं । सप्तरीकी २० बर्षिया एक युवतीले सात मिनेटको अन्तर मंगलबार चार सन्तान जन्माएकी छन् । मजदुरी गरेर गुजारा गर्दै आएकी बेरवा -३ भारदहकी विमलादेवी मण्डलले धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शल्यक्रियाबाट दुई छोरा र दुई छोरी जन्माएकी हुन् । दुई किलो भन्दा कम तौल भएका शिशु र आमा सवैको स्वास्थ्य अवस्था राम्रो रहेको चिकित्सकहरुले जानकारी दिएका छन् ।


विमलादेवीलाई सोमबार दिउँसो नै अस्पतालमा भर्ना गरिएको थियो । उनले दिउँसो १ बजेर ४६ मिनेटमा मण्डलको पहिलो सन्तान छोरी जन्माईन भने १ बजेर ४९ मिनेटमा छोरा, १ बजेर ५० मिनेटमा अर्की छोरी र १ बजेर ५३ मिनेटमा छोरा जन्माएको अस्पताल स्रोतलाई उल्लेख गर्दै आजको नागरिक दैनिकले खबर छापेको छ । सामान्यतय भर्खर जन्मेको शिशुको तौल २ केजी हुने भएपनि उनीहरुको तौल भने दुईकिलो भन्दा कमी रहेको छ ।

पहिलो बेतमै चार सन्तान भएकोमा खुसी भएपनि मजदुरी गरेर जीविका चलाउँदै आएको मण्डल परिवारमा स्यहारसुसारमा खर्च कसरी जुटाउने भन्ने पिरोलो परेको छ । यसका लागि सरकारले सहयोग गर्नुपर्ने विमलाका पति राजिनले आग्रह गरेका छन् ।

0 : बिचार र सुझाबहरु:

Post a Comment

समाचार अर्काइभ

Like us on Facebook
Follow us on Twitter
Recommend us on Google Plus
Subscribe me on RSS