३१ जेठ, काठमाण्डौं । कामचलाउ सरकारका उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छदारले मुलुकको निकासका लागी राष्ट्रिय सहमतीको सरकार निर्माण गरेर संविधानसभाको चुनाव गर्नुको विकल्प नभएको बताउनुभएको छ । विराटनगर विमानास्थलमा आज संचारकर्मीहरुसंग कुरा गर्दै उहांले संविधानसभाको पुर्नस्थापना नगरी दलहरुविच राष्ट्रिय सहमती कायमगरेर संविधान, ऐन नियमहरु परिमार्जन गरी संविधानसभाको चुनाव मुलुकको समस्याको अन्तीम समाधान भएको दावी गर्नुभएको हो ।
सर्वोच्च अदालतले समेत अर्को संविधानसभाको चुनावको संभावना देखाएको ,राज्यका सबै निकाय जिवित रहेको र मधेशी मोर्चा, आदीवासी जनजाती लगायतले संविधानसभावाटै संविधानबन्नु पर्ने अडान राखेको कारण चुनावको विकल्प नभएको ठोकुवा गर्नुभयो ।
0 : बिचार र सुझाबहरु:
Post a Comment