Home » » वर्षाका कारण बेनी-जोमसोम सडक अवरुद्ध

वर्षाका कारण बेनी-जोमसोम सडक अवरुद्ध

Written By Admins on Wednesday, June 20, 2012 | 8:25 AM

म्याग्दी, असार ६ । वर्षाको सुरुवातसँगै हिमालपारिको जिल्ला मुस्ताङलाई जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । वर्षाका कारण सडक भत्किने र खोलामा बाढी आउन थालेपछि सडक अवरुद्ध भएको हो । सडक अवरुद्ध हुँदा मुक्तिनाथ जाने तीर्थयात्री र मुस्ताङ जाने आउने पर्यटक मर्कामा परेका छन् । म्याग्दीको भिरकाटेमा नदी कटानले सडक भत्किएको छ । दानाको घट्टेखोलामा बाढी आएपछि गाडी वारपार हुन सकेका छैनन् । रुप्से खोलामा पानीको बहाव बढे पनि सडक विभागले पुल बनाउन ढिलाइ गरेकाले जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ ।

छयहत्तर किलोमिटर लामो सडकमा यात्रा गर्न तीन ठाउँमा गाडी परिवर्तन गर्नुपरेको यात्रुले बताएका छन् । सडकमा बाढी आएको मौका छोपी यातायात व्यवसायीले भने बीचबीचमा तोकिएको भन्दा बढी भाडा लिने गरेको मुक्तिनाथ जान हिँडेका काठमाडौँका विनोद थापाले बताए ।

0 : बिचार र सुझाबहरु:

Post a Comment

समाचार अर्काइभ

Like us on Facebook
Follow us on Twitter
Recommend us on Google Plus
Subscribe me on RSS