१२ असार,काठमाडौ। यसअघि प्रधानमन्त्री बन्ने कुरालाई नकार्दै आएका कांग्रेस सभापित सुशिल कोइरालाले कांग्रेसबाट प्रधानमन्त्रीको उम्मेवार बन्ने संकेत दिएका छन्। कान्तिपुर टेलिभिजनको फायरसाइड कार्यक्रममा सोमवार अन्तरवार्ता दिँदै उनले केन्द्रिय समितले निर्णय गरेमा आफू तयार रहेको बताएका छन् ।
उनले भने उम्मेदवारीको लागि दवाव आइरहेको छ तर निर्णय केन्द्रिय समितिले लिन्छ । पाँच बँदे सहमति अनुसार अगि बढ्न पर्ने बताउँदै कोइरालाले सहमतिय सरकारको नेतृत्व कांग्रेसले पाउने पर्ने बताए । उनले दलहरुबिच सहमतिको विकल्प नरहेको बताए । गोलमेच सम्मेलनबाट समस्याको हल नहुने बताउँदै उनले कांग्रेस जुनसुकै विकल्पमा छलफल गर्न खूला रहेको बताए । साथै कोइरालाले नेपालको राष्ट्रियता इतिहासमै सवैभन्दा कमजोर भएको पनि बताए ।
0 : बिचार र सुझाबहरु:
Post a Comment