Home » » प्रधानमन्त्रीलाई कालो झन्डा देखाउने, ८ पक्राउ

प्रधानमन्त्रीलाई कालो झन्डा देखाउने, ८ पक्राउ

Written By Admins on Thursday, June 28, 2012 | 12:31 AM

काठमाडौं, असार १४ (नागरिक)- त्रिभुवन विश्वविद्यालय दिवसको समारोहलाई सम्बोधन गर्न कीर्तिपुर पुगेका प्रधानमन्त्री बाबुराम भट्टराईलाई नेविसंघ र अनेरास्वियूका विद्यार्थीले कालो झन्डा देखाएका छन्। त्रिविको कूलपति समेत रहेका प्रधानमन्त्री भट्टराई आउने थाहा पाएपछि विद्यार्थीले कालो झन्डा देखाउने तयारी गरेका थिए। प्रधानमन्त्रीलाई कालो झन्डा देखाउने ८ जना नेविसंघ कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको नेविसंघ नेता रञ्जित कर्णले बताए।

यता त्रिपन्नौँ वार्षिक दिवसका अवसरमा प्रधानमन्त्री भट्टराईले विश्वविद्यालय हाताभित्र झन्डोत्तोलन गरेका छन्। वार्षिक दिवसकै अवसरमा त्रिविका कुलपति भट्टराईको अध्यक्षतामा आज बसेको त्रिविसभाको विश्व विद्यालय वार्षिक दिवस बैठकले ग्रेस लिस्ट पारित गरेको छ।

गत वर्ष जेठ १८ देखि यस वर्ष जेठ २६ सम्म ट्रान्सक्रिप्ट लिइसकेका ५४ हजार ४०६ विद्यार्थी ५० औँ ग्रेस लिस्टमा छन्।

0 : बिचार र सुझाबहरु:

Post a Comment

समाचार अर्काइभ

Like us on Facebook
Follow us on Twitter
Recommend us on Google Plus
Subscribe me on RSS