Home » » पाँच किलो यार्सागुम्बा सहित चिनियाँ नागरिक पक्राउ

पाँच किलो यार्सागुम्बा सहित चिनियाँ नागरिक पक्राउ

Written By Admins on Thursday, June 28, 2012 | 8:32 AM

भक्तपुर, असार १४ – चीनको खासातर्फ लैजान लागेको झण्डै ५ किलो यार्सागुम्बा प्रहरीले भक्तपुरको जगातेबाट बरामद गरेको छ । बा ७ च ८९३१ नम्बरको गाडीमा खासातर्फ लैजान लागिएको यार्सागुम्बा सहित चिनिया नागरिक सादोङ्गलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।


यस्तै प्रहरीले भालुको पित्तसहित काठामाडौको गंगबुबाट ३ जनालाई पक्राउ गरेको छ । गोंगबुको लमजुङ्ग थकाली गेष्ट हाउसमा लुकाइरहेको अवस्थामा भालुको पित्त सहित लमजुङ्ग डोढेनीका कुमार लामा, ओखलढुगा पातले ९ का सुर्यबहादुर तामाङ्ग र लमजुङ्ग डोढेनीका दिपक तामाङ्गलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट १ सय ८५ ग्राम भालुको पित्त बरामद भएको प्रहरीको भनाई छ ।

0 : बिचार र सुझाबहरु:

Post a Comment

समाचार अर्काइभ

Like us on Facebook
Follow us on Twitter
Recommend us on Google Plus
Subscribe me on RSS