Home » » निजामती कर्मचारीहरुद्वारा सहयोग

निजामती कर्मचारीहरुद्वारा सहयोग

Written By Admins on Monday, July 30, 2012 | 11:59 PM

गोपाल छन्त्याल-
म्याग्दी १६ साउन l नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति म्याग्दीले कर्मचारीहरुका सहिदद्वय मनोज जोसी र झपेन्द्र कार्कीको २१ औं स्मृती दिवसका अवसरमा जिल्लाको बगुवाखोलास्थीत बाल जागृती प्राथमिक विद्यालयमा अध्ययनरत बौद्धिक अपाङ्ग बालबालिकाहरुलाई आर्थिक सहयोग गरेको छ । संगठनको जिल्ला कार्यसमितिले विद्यालयमा एक औपचारिक कार्यक्रमको आयोजना गरेर बाल जागृती स्रोत केन्द्रमा अध्ययनरत १६ जना बालबालिकाहरुको पठनपाठनमा सहयोग गर्ने उद्धेश्यले नगद पाँच हजार रुपैयाँ प्रदान गरेको हो ।


सोहि कार्यक्रमका अवसरमा उक्त संगठनकी केन्द्रिय पार्सद सगुन कसजुले सोहि विद्यालयमा अध्ययनरत बौद्धिक अपाङ्ग बालबालिकाहरुका लागि एक हजार एकसय एघार रुपैयाँ व्यक्तिगत रुपमा प्रदान गरिन् । कार्यक्रममा बोल्दै संगठनको जिल्ला कार्यसमितिका पुर्व अध्यक्ष एवं कार्यक्रमका प्रमुख अतिथि यामबहादुर चोखालले स्थायी सरकारका रुपमा रहेको कर्मचारीतन्त्र अहिले चरम राजनीतिक शोषण भएको भन्दै पछिल्लो समय भएको मुख्य सचिवको नियुक्ति त्यसको ज्वलन्त उदाहरण भएको बताए ।

कार्यक्रमकै अवसरमा बोल्दै कार्यक्रमका सभापती एवं जिल्ला कार्यसमितिका उपाध्यक्ष घनश्याम सिग्देलले बिगतमा प्रवेशिका परिक्षामा सामुदायिक विद्यालयबाट उत्कृष्ट  अंक ल्याउने विद्यार्थीलाई सम्मान गर्ने कार्यक्रम रहेकोमा यो वर्ष फरक तरिकाले दिवस मनाइएको बताए । विद्यालयका प्रधानअध्यापक भक्त कार्कीले कर्मचारीहरुले गरेको सानो सहयोग भएपनि सहानुभुति ठुलो भएको भन्दै यो सहयोग कहिल्यै बिर्सन नसक्ने बताए ।


कार्यक्रमका अवसरमा संगठनका उपाध्यक्ष कल्पना सापकोटाले सहिद मनोज र झपेन्द्रले तत्कालिन पञ्चायती शासनका बिरुद्ध कर्मचारीहरुको अधिकार र हकहितका बारेमा निभाएको भुमिकाका बारेमा चर्चा गरेकि थिइन् । कार्यक्रममा पत्रकार महासंघ म्याग्दीका उपाध्यक्ष अगन्धर तिवारी, बौद्धिक अपाङ्ग बालबालिकाहरुका अभिभावक, बिभिन्न कार्यालयका कर्मचारीहरु लगायत सहभागि थिए ।

0 : बिचार र सुझाबहरु:

Post a Comment

समाचार अर्काइभ

Like us on Facebook
Follow us on Twitter
Recommend us on Google Plus
Subscribe me on RSS