Home » » दुईतिहाइ समर्थन पाए राष्ट्रपतिले ‘रिस्क’ लिने

दुईतिहाइ समर्थन पाए राष्ट्रपतिले ‘रिस्क’ लिने

Written By Admins on Saturday, December 29, 2012 | 8:35 AM

१४ पुस, काठमाडौं । कम्तिमा दुईतिहाइ समर्थन जुटाएर कुनै दलले प्रधानमन्त्रीको दाबी गरे राष्ट्रपति डा. रामवरण यादवले ‘रिस्क’ लिन सक्ने उहाँका एक सल्लाहकारले बताएका छन् । पटक-पटक समय थप्दासमेत दलहरुबीच सहमति नजुटेपछि राष्ट्रपतिले विकल्पहरु मागेको बताउँदै राष्ट्रपतिका कानुनी सल्लाहकार सूर्य ढुंगेलले राष्ट्रपति यादव दिल्लीबाटै काठमाडौ.फर्किएकै दिन यस्तो खुलासा गर्नुभएको हो । ढुंगेलले शनिबार साँझ अनलाइनखबरसँग कुरा गर्दै भन्नुभयो-’ दलहरुसँग पछिल्लोपटक भएको छलफलमा राष्ट्रपतिले विकल्पहरु सोच्नुस् भन्नुभएको छ, दलहरुबीच सहमति नजुटेको अवस्थामा कम्तिमा ७० प्रतिशतको समर्थन भए राष्ट्रपतिले ‘रिस्क’ लिन सक्नुहुन्छ ।’


ढुंगेलका अनुसार सुरुमा राष्ट्रपतिले कम्तिमा परिवर्तकारी प्रमुख दलहरुबीच सहमति खोज्नु हुनेछ । ‘कांग्रेस, माओवादी, एमाले, बैद्यजी, उपेन्द्र यादवलगायतका परिर्वतनकारी शक्तिहरुको सहमति खोज्नु स्वभाविक हो’ उहाँले भन्नुभयो-’दुई वा दुईभन्दा बढी उम्मेदवारी पर्न आएको अवस्थामा प्रमुख शक्तिहरुको सर्मथन लिएर आउनुहोस् भन्नु हुनेछ ।’

कांग्रेस-एमालेले सुशील कोइराला र एमाओवादी-मधेसी मोर्चाले बाबुराम भट्टराईको नाम अघि सारिरहेका छन् । यस्तो बेलामा प्रधानमन्त्रीका लागि दुईजनाको नाम आए के हुन्छ भन्ने प्रश्नमा ढुंगेलले त्यसबेलाको राजनीतिक अवस्था हेरेर राष्ट्रपतिले निर्णय लिने बताउनुभयो । उहाँले दलहरुबीच सहमति नजुटे राष्ट्रपतिले अन्तराष्ट्रिय अभ्यासहरुका आधारमा निर्णय लिने वा तेस्रो विकल्प खोज्न सक्ने बताउनुभयो । ‘दलहरुबीच पनि तेस्रो विकल्प, प्रधानन्यायाधीशलगायतबारे छलफल भइरहेको छ’ उहाँले भन्नुभयो- ‘राष्ट्रपतिले अन्तरराष्ट्रिय लोकतान्त्रिक अभ्यासका आधारमा पनि निर्णय लिन सक्नुहुन्छ ।’

सहमतिको सरकार गठनका लागि पछिल्लोपटक थपिएको ५ दिनको समय शनिबारै सकिएको छ । सरकार गठनका लागि अन्तरिम संविधानको धारा ३८ (१) अनुसार दिइएको छैठौंपटकको म्यादसमेत निरर्थकरुपमा गुजि्रएपछि राष्ट्रपतिका कानूनी सल्लाहकारले यस्तो उपाय सुझाउनुभएको हो ।

0 : बिचार र सुझाबहरु:

Post a Comment

समाचार अर्काइभ

Like us on Facebook
Follow us on Twitter
Recommend us on Google Plus
Subscribe me on RSS