काठमाडौं, पुस १७–सहमतिय सरकारको आह्वान
गर्दै राष्ट्रपति रामवरण यादवले दिएको सातौं चरणको समयसीमामा पनि दलहरुबीच
सहमति नहुने संकेत देखिएको छ । पछिल्लो चरणमा दलहरुबीच औपचारिक छलफलको
श्रृंखला नै टुटेपछि सहमतिको सम्भावना न्युन बनेको छ । दलहरुले सातौं पटकको
समयसीमालाई अन्तिम बनाउने प्रतिवद्धता राष्ट्रपतिसँग गरेका थिए ।
प्रमुख दलका शीर्ष नेताहरुबीच अनौपचारिक
कुराकानी पनि नभएको सम्बन्धित नेताका सचिवालयले जानकारी दिएका छन् ।
सोमबारमात्रै एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी
सीताको उपचारको लागि थाइल्याण्ड गएपछि औपचारिक वार्ताको समय झन् टाढिएको छ
। यस्तै अन्य दलका शीर्ष नेताहरुपनि राजधानी बाहिर रहेका छन् ।
दलहरुबीच सहमति हुने सम्भावना टाढा भएपछि
सरकारको नेतृत्व दावी गरिरहेको नेपाली काँग्रेसले पनि सरकारका कुरा गर्न
छाडेको छ । काँग्रेसका वरिष्ठ नेताहरु शेरबहादुर देउवा, रामचन्द्र पौडेल
लगायतले सरकारको नेतृत्व परिवर्तन नभएपनि बैशाखमा चुनाव गर्नुपर्ने बताउन
थालेपछि काँग्रेसले सरकारको नेतृत्व पाउने आशा गर्न छोडेको विश्लेषण गरिएको
छ ।
सहमतीबाट प्रधानमन्त्री चयन गर्न नसकिए
बहुमत दलको सहमतीमा राष्ट्रपतिले प्रधानमन्त्री चयन गर्नुपर्ने आवाज पनि
उठिरहेको बेला काँग्रेस सभापति शुशिल कोइरालाले सहमति भन्दा अन्य
प्रकृयाबाट आफु प्रधानमन्त्री नबन्ने बताएका छन् ।
राष्ट्रपति यादवको भारत भ्रमणपछि नेपालको
राजनैतिक जीवनमा केहि परिवर्तन हुने आशंका व्याप्त रहेको बेला वर्तमान
सरकार नै आगामी बैशाखसम्म कायम रहने कतिपयको बुझाई छ ।
यस्तै दलहरुबीच संविधानसभाको पुनःस्थापनाको मुद्धा पनि फेरि उठ्न सुरु भएको छ । एमाओवादी लगायतका सत्तारुढ दलले पुनःस्थापनाको कुरा गरेपनि विपक्षीले त्यसलाई अस्किार गर्दै आएका छन्
0 : बिचार र सुझाबहरु:
Post a Comment