काठमाडौं, पुस १७– नेकपा एमालेका वरिष्ठ
नेता माधवकुमार नेपालले मुलुकमा देखिएको सम्पूर्ण संकटको दोषी
प्रधानमन्त्री बाबुराम भट्टराई भएको आरोप लगाएका छन् । उनले प्रधानमन्त्री
भट्टराई नेतृत्वको सरकारलाई आन्दोलनबाटै बर्खास्त गर्ने चेतावनी दिए ।
मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा
नेता नेपालले भट्टराई नेतृत्वको सरकारमा काँग्रेस–एमाले लगायतका दलहरु
सहभागि हुन नजाने जिकिर गरे । उनले भट्टराईको कुर्सी मोहले दलहरुबीच सहमति
हुन नसकेको भन्दै प्रधानमन्त्री निजी स्वार्थ त्यागेर राष्ट्रिय हितमा
लाग्नुपर्ने बताए । नेपालले दलहरुबीचमा छिट्टै सहमति गरेर बैशाखमै चुनाव गराउनुपर्नेमा जोड दिए ।





0 : बिचार र सुझाबहरु:
Post a Comment