काठमाडौं, जेष्ठ ४ । अर्जेन्टिनामा मानवता विरोधी अपराध गरेको अभियोगमा सजाय काटिरहेका पूर्व सैन्यशासक जर्ज रफायल विडेलाको जेलमै निधन भएको छ । ८७ वर्षीय विडेलाको निधनलाई स्वाभाविक मृत्यु भनिएको बीबीसीले जनाएको छ ।
उनलाई सन् २०१० मा जेल चलान गरिएको थियो । अर्जेन्टिनामा सन् १९७६ देखि सन् १९८३ मा सैन्य शासनको बेलामा ३१ जनाको मृत्यु भएको घटनामा विडेलालाई जिम्मेवार ठहराइएको थियो ।
उक्त समयमा ‘डर्टी वार’ नामबाट सुरु भएको अभियानका कारण ३० हजार मानिसलाई प्रताडित गरिनुका साथै धेरै मानिसको विभत्स ढंगले हत्या गरिएको थियो ।
Home »
अन्तराष्ट्रिय
» अर्जेन्टिनाका पूर्व सैन्यशासकको जेलमै मृत्यु
0 : बिचार र सुझाबहरु:
Post a Comment