संखुवासभा, जेष्ठ ४ । नेकपा–माओवादीले संखुवासभाको सदरमुकाम खाँदबारीमा रहेको सूर्य बोर्डिङ स्कुल कब्जा गरेको घोषणा गरेको छ । नेकपा–माओवादीका जिल्ला सेक्रेटरी आर.पी. किरातीले विज्ञप्ती जारी गरी बोर्डिङ स्कुलको सम्पूर्ण संरचना, जग्गाजमिन कव्जा गरेको जनाएका छन् ।
नेकपा(माओवादीले स्कुल कव्जा गरेपछि स्कुलमा अध्ययनरत करिव ६ सय विद्यार्थीको भविष्य अन्यौलमा परेको छ । निजी स्तरवाट सञ्चालित सो सूर्य बोर्डिङ स्कुलमा नर्सरी देखि कक्षा १० सम्म पढाई हुने गरेको छ ।
कव्जा गरिएको बोर्डिङमा करिब १० करोड रुपैया लगानी भएको वताईएको छ ।
विज्ञप्तीमा बोर्डिङवाट प्राप्त आम्दानी अमेरिका जाने गरेको आरोप माओवादीले लगाएको छ । बोर्डिङले विद्यार्थीको शुल्क अत्याधिक बढाएको र शिक्षकहरुमाथि श्रम शोषण गरेकोले बाध्य भएर स्कुल कब्जा गरिएको माओवादीको भनाई छ ।
0 : बिचार र सुझाबहरु:
Post a Comment