Home » » बलिउडमा अर्की पोर्न स्टार भित्रिदै

बलिउडमा अर्की पोर्न स्टार भित्रिदै

Written By Admins on Saturday, May 18, 2013 | 6:08 AM

नयाँदिल्ली, जेष्ठ ४ । भारतीय मुलकी क्यानेडियन पोर्न स्टार सनी लियोनपछि अर्की एक पोर्न स्टारको प्रवेश हुने हल्लाले यतिबेला बलिउड तातेको छ । फिल्म ‘जिस्म–२’ बाट बलिउड प्रवेश गरेकी सनी यतिबेला बलिउडमा छाउँदै छिन् । यस्तैमा अहिले बलिउडमा प्रवेश गर्न लागेकी भनिएकी अर्की पोर्न स्टारको नाम हो, प्रिया अञ्जली राय । भारतीय मुलकी अमेरिकी पोर्न स्टार प्रियाले आफू चाँडै नै बलिउड फिल्म देखिन लागेको बताएकी छिन् ।

प्रियाले आफ्नो माइक्रो ब्लगिङ साईट ट्वीटरमा आफू भारत जाने कुराले रोमान्चित भएको भन्दै आफ्ना प्रशंसकहरुसँग भेट गर्न उत्सुक रहेको उल्लेख गरेकी भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । उनले आफूले भारतीय फिल्ममा अभिनय गर्न लागेको पनि उल्लेख गरेकी छिन् ।

प्रियाले अभिनय गर्न लागेको भनिएको फिल्म नारी प्रधान भएको जनाइएको छ । प्रियाले अभिनय गर्ने फिल्ममा बढी मात्रामा अन्तरंग दृष्य हुने अनुमान बलिउडमा गरिएको छ । तथापी प्रियाले भने आफ्नो फिल्ममा ‘न्यूड’ दृष्य नहुने बताएकी जनाइएको छ ।

मूल घर दिल्ली भएकी प्रिया २ वर्षकी हुँदा एक अमेरिकी दम्पतीको धर्मपुत्रीका रुपमा अमेरिका पुगेकी थिइन् । उनले अमेरिकाको एरिजोना स्टेट युनिर्भसिटीबाट मार्केटिङ विषयमा डिग्री हासिल गरेकी छिन् भने उनी अमेरिकाको चर्चित पोर्न स्टार भएकी समेत जनाइएको छ ।

0 : बिचार र सुझाबहरु:

Post a Comment

समाचार अर्काइभ

Like us on Facebook
Follow us on Twitter
Recommend us on Google Plus
Subscribe me on RSS