बैशाख । नेपाली फिल्म ‘चपली हाइट’ र ‘पलपलमा’ले देखाएको बाटोमा हिडदा राम्रो ब्यापार हुने लक्षण देखिएको हुँदा आजकाल धेरै जसो फिल्म अश्लिलता तिर उन्मुख हुन थालेका छन । लुट र चपली हाइट चलचित्रले व्यावसायिक सफलता पाए र चर्चा पनि धेरै नै चुलियो । लुटमा बेरोजगारले बैंक लुटेको अनि चपली हाइटमा दुई साथीले एउटै केटी साथी ‘सेयर गरेर यौनव्यवहार गरेको कथा बाट दर्सकले के म्यासेज लिने ? दर्शक अलमलमा छन ।
यस्तो ट्रेन्डले नेपाली चलचित्र र उद्योगलाई भबिस्यमा सबल दिशा तर्फ पक्कै पनि लादैन । लुट र चपली हाइट बाट नै प्रभावित भएर कतिपय निर्माताले तेस्तै धारको चलचित्र निर्माणमा जुटेको देखिन्छ । अझ त्यस्ता फिल्ममा अभिनय गर्नका लागि नायक भन्दा नवनायिकाहरु जस्तो दृश्य दिन पनि तयार हुने गरेका छन् । लुट र चपली हाइटको कथावस्तु नेपाली समाजमा नसुहाउँदो मात्र होइन, चाहिने भन्दा बढी छ । पुरानो फिल्म र्निमाण शैलीलार्इ तोड्ने नाममा सेक्सको मामिलामा बढी उदारता देखिएको छ,। कतिपय नयाँ फिल्मको प्रोमो हेरिनसक्नुको छ ,अब मुलांकन आफै गर्नुहोश ।
दर्शकको रुचि र चाहनाअनुसार’ भन्दै निर्माण भैरहेको पछिल्ला चलचित्रमा टङकिस, टपलेस र सेक्सका जीवन्त दृश्य दिन नायिकाहरु लागि परेका छन । कति नायिका त चलचित्र सुटिङको पहिलो सटलाई नै सामाजिक सञ्जाल फेसबुक मार्फत प्रचारप्रसार गरिरहेका देख्न सख्छौ । सुटिङका क्रममा नायिकानै अत्तालिने दृश्यले आमदर्शकको मनलार्इ कता लैजाला ? यो सोचनीय विषय बनेको छ ।
‘प्ले गर्ल’को यस्तै चर्चाले पनि त्यस बेला फिल्मी बजार तताएको थियो । केही समय अघाडी ‘प्ले गर्ल’ कि नायिका र निर्देशकको बीच सबै लुगा खोलेर शूटिंग गर्ने कुरामा मतभेद भएको समाचार आएको थियो । विनाप्रसंगको टङकिस, जथाभाबी टपलेस, छाडा संवाद र अर्थ न बर्थको कथाले पछिल्ला नेपाली फिल्मीहरु सामाजिक र मर्यादित छैनन भन्दा दुई मत न होला ।
अब कुरा जोडी प्रदर्शनको लागि पालो कुरेर बशेको केहि चलचित्रहरुको जसमा सेक्स सिन समाबेश रहेका छन् । नेपालि कथानक चलचित्र ,बर्बाद युज , अप्रिल फुल , लभ फरेवर , किन किन लगायतका चलचित्रहरु प्रदर्शनको क्रममा रहेका छन् यी चलचित्र हरुले सम्मानित सेन्सर बोर्डबाट प्रदर्शन अनुमति पत्र पाइसकेका छन् ।
Home »
कला मनोरंजन
» समाज भाँड्ने खालका फिल्म निर्माणलाई कानुनले रोक्नुपर्छ
0 : बिचार र सुझाबहरु:
Post a Comment