Home » , , , , » पाँच जना करोडपति डनविरुद्ध अदालतमा मुद्दा दायर

पाँच जना करोडपति डनविरुद्ध अदालतमा मुद्दा दायर

Written By Admins on Monday, May 20, 2013 | 7:18 AM


काठमाडौं, जेठ ६ – सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अकुत सम्पत्ति आर्जन गरेका पाँच जना डनविरुद्ध विशेष अदालतमा आइतबार मुद्दा दायर गरेको छ। विभागले दीपक मनाङ्गे, पर्शुराम बस्नेत, चक्रे मिलन, गणेश लामा र अभिषेक गिरीलगायतका डनहरु विरुद्ध मुद्दा दायर गरेको विशेष अदालतका रजिष्ट्रार धीरबहादुर चन्दले जानकारी दिए।

डनहरुले आर्जन गरेको सम्पत्ति ठेक्कापट्टाको कमिसन, व्यपारीलाई धम्क्याएर लिने गरेको दस्तुरी, तस्करीको कमिसनलगायतको रहेको अभियोगपत्रमा दाबी गरिएको छ। विभागले स्रोत नखुलेको सम्पत्ति तथा घरजग्गा जफत गर्न मागदाबी गरेको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले डनहरुको सम्पत्ति स्रोतबारे तीन वर्षदेखि अध्ययन गरिरहेको थियो।

विजयकुमार गच्छदार गृहमन्त्री रहेकैबला प्रतिवेदन बुझाए पनि थप अनुसन्धान गर्न भन्दै फर्काइएको थियो। अन्तरिम मन्त्रिपरिषद्का गृहमन्त्री माधव घिमिरेले नियुक्तिलगत्तै विभागको अनुसन्धान कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका थिए। विशेष अदालतका रजिष्ट्रार चन्दका अनुसार आइतबार दर्ता भएका पाँचसहित अहिलेसम्म २५ वटा सम्पत्ति शुद्धीकरण मुद्दा दर्ता भएका छन।

तीमध्ये ११ वटा फैसला भएको छ र सवैमा सरकार पक्षको जीत भएको छ। अभियोग प्रमाणित भए एकदेखि चार वर्ष कैद, बिगो र त्यसबराबरकेा जरिवाना बुझाउनुपर्दछ। गणेश लामाका आमाबाबु र दुई जना भाइ तथा अन्य चार जना डनका श्रीमतीसमेतलाई प्रतिबादी बनाइएको छ।

0 : बिचार र सुझाबहरु:

Post a Comment

समाचार अर्काइभ

Like us on Facebook
Follow us on Twitter
Recommend us on Google Plus
Subscribe me on RSS