Home »
अन्तराष्ट्रिय
,
कबिता/गित/गजल
,
प्रवास
,
बिचित्र संसार
» टोकियो विश्वविद्यालय नेपाली मञ्चमा नयाँ कार्यसमिति गठन
टोकियो विश्वविद्यालय नेपाली मञ्चमा नयाँ कार्यसमिति गठन
Written By Admins on Sunday, May 19, 2013 | 7:43 AM
टोकियो, जेठ ५ – टोकियो विश्वविद्यालय नेपाली मञ्च, ट्युनेफमा नयाँ कार्यसमिति गठन भएको छ। ट्युनेफले होङ्गोस्थित क्याम्पसमा हालै आयोजित एक कार्यक्रममा नवअगन्तुक विद्यार्थीलाई स्वागत तथा मञ्चको सातौ कार्यसमितिको चयन गरेको हो।
विश्वकै उत्कृष्टमध्येको एक मानिने यस विश्वविद्यालयमा अध्ययन गर्ने विद्यार्थी, अनुसन्धाता तथा विश्वविद्यालयसंग आवद्ध सबै नेपालीहरुको साझा मत्र्चको रुपमा रहेको ट्युनेफका गतिविधिहरुलाई संयोजन गर्न प्रत्येक वर्ष निर्वाचनका माध्यमद्वारा नयाँ कार्यकारी समिति छनौट गर्ने व्यवस्था विधानमा रहे बमोजिम सर्वसम्मतिबाट सातौ कार्यसमितिको गठन गरिएको हो।
डा. प्रकाश शाक्य संयोजक, सुमी ढकाल कोषाध्यक्ष, दीपक ढकाल सदस्य (सूचना तथा संचार), इश्वर पुन र सतीश जयसवाल सदस्य रहेको यस कार्यसमितिको कार्यकाल एक वर्षको हुनेछ। संयोजकमा निर्वाचित भएपछि आफ्नो मन्तव्य राख्ने क्रममा संयोजक श्री प्रकाश शाक्यले अघिल्लो कार्यसमितिलाई धन्यवाद व्यक्त गर्दै ट्युनेफलाई प्रभावकारी राखिरहन सबैको साथ र सहयोग हुनुपर्ने कुरा व्यक्त गर्नुभएको थियो।
साथै अघिल्लो कार्यसमितिकातर्फबाट पूर्व संयोजक सुमन दाहालले ट्युनेफले वर्षभरि गरेका कृयाकलापहरुको छोटकरीमा चर्चा गर्दै छैठौं कार्यसमितिको कार्यमा साथ दिनुहुने सबैमा कृतज्ञता व्यक्त गर्नुभएको थियो। सहभागीहरुको परिचय र पुरानो कार्यसमितिको बिघटनपछि निर्वाचनको प्रकृयालाई सहजीकरण गर्न डमरुबल्लभ पौडेललाई निर्वाचन आयुक्तको जिम्मा दिइएको थियो भने, औपचारिक कार्यक्रमको समाप्तिपछि नजिकको एक नेपाली रेष्टुरेण्टमा डिनरकोसाथमा अनौपचारिक कार्यक्रम अत्यन्तै रमाइलो गरी अघि बढेको थियो।
0 : बिचार र सुझाबहरु:
Post a Comment