Home » » एक महिनामै ६ लाखलाई नेपाली नागरिकता

एक महिनामै ६ लाखलाई नेपाली नागरिकता

Written By Unknown on Thursday, June 27, 2013 | 9:07 PM

१४ असार, काठमाण्डौं । सरकारले नागरिकता वितरणका लागि सञ्चालन गरेको एकमहिने विशेष अभियानका क्रममा तराईमा भन्दा पहाडी जिल्लामा बढीले नागरिकता लिएका छन् । गृहमन्त्रालयले नागरिकता वितरणका लागि गत वैशाख पहिलो सातादेखि एकीकृत घुम्तीसेवा र नागरिकता वितरण विशेष टोली खटाएको थियो ।

दुबै टोलीबाट नागरिकता लिनेको संख्या ६ लाख रहेको गृहमन्त्रालय स्रोतले जनाएको छ । अब नागरिकता लिनेको संख्या एक करोड ७० लाख पुगेको छ । मन्त्रालयले एकीकृत घुम्तीसेवाका नाममा तीन सय ६४ टोली र नागरिकता वितरण विशेष टोली नाम दिएर चारसय ७२ टोली देशभर परिचालन गरेको अन्नपूर्ण पोष्टमा खबर छ ।

स्रोतका अनुसार दुवै टोलीले तराईका २० जिल्लामा दुई लाख ६६ हजार तीनसय ८८ र पहाडका जिल्लामा तीन लाख १३ हजार ६ सय १२ नागरिकता वितरण गरेको छ । गुल्मी र दार्चुलाको भने प्रतिवेदन आउन बाँकी रहेको छ ।

0 : बिचार र सुझाबहरु:

Post a Comment

समाचार अर्काइभ

Like us on Facebook
Follow us on Twitter
Recommend us on Google Plus
Subscribe me on RSS