Home » » तिमी मेरो जिन्दगीको कल्पना बन्नु

तिमी मेरो जिन्दगीको कल्पना बन्नु

Written By Unknown on Wednesday, June 5, 2013 | 7:22 AM


तिमी मेरो जिन्दगीको कल्पना बन्नु
हररात मेरो निदरीको सपना बन्नु

मेरो खाली दिल भित्र प्रीत बनि फूलिदिनु
माया बनि हरेक पल म भित्रै भुलिदिनु
सधै हासो भर्न पाउँ तिम्रो अधरमा
जनम जनम बाची रहूँ तिम्रो नजरमा

अप्ठेरोमा परे भने सहारा तिम्रै हात माग्छु
हिड्दा हिड्दै थाके भने केवल तिम्रो साथ माग्छु
बिन्ति मेरो ए ! हजुर हुन्न नभन्नु
भिखारी भै मागे साथ दिन्न नभन्नु

तिमी मेरो जिन्दगीको कल्पना बन्नु
हररात मेरो निदरिको सपना बन्नु

मीना पुमा राई
खोटाङ्ग

0 : बिचार र सुझाबहरु:

Post a Comment

समाचार अर्काइभ

Like us on Facebook
Follow us on Twitter
Recommend us on Google Plus
Subscribe me on RSS