२२ जेठ, काठमाडौं । दाङ देउखुरीकी मञ्जु चौधरी १९ वर्षको हुनुभयो । उहाँ अहिले एसएलसीको नतिजा पर्खेर बस्नुभएको छ । आफु र आफ्नो समुदायको हक, अधिकार र न्याय खोज्दै उहाँ अहिले सरकारको ढोका ढक्ढक्याउन जिल्ला सदरमुकाम मात्र होइन, राजधानीसम्म आइपुग्नुभएको छ । तर ६ वर्षअघि उहाँ यसरी स्वतन्त्रपूर्वक हिँडडूल गर्न सक्नुहुन्नथियो । उहाँले आफ्नो कथा यसरी सुनाउनुभयो :’
म ६ वर्ष कमलरी वसें । तीन वर्ष काठमाडौंमा, तीन वर्ष दाङमै । सात वर्षको छँदा बा बित्नुभयो । बाले कमैया बसेर हामीलाई पालिरहनुभएको थियो । बुबाको मृत्यु भएपछि झन गाह्रो भयो । 1दाई पनि सानै हुँदा कमैया बस्नुभयो । आमा पनि अरुको घरमा काम गरेर खानेकुरा जुटाइरहनुभएको थियो । त्यहीबेला आमा बिरामी हुनुभयो । औषधि गर्न मामाघर कैलाली जानुभयो । दाइ र म मात्र भयौं । दाइ पनि काममा जाने भएपछि मलाई कसले हेथ्र्यो र । त्योबेला अरुको घरमा काम गर्न जाने चलन नै थियो । अनि म बाध्यताले कमलरी बस्न गएँ ।
अरुको घरमा जतिसुकै राम्रो गरेपछि किन राम्रो हुन्थ्यो र । गाली गर्थे । घर जान्छु भन्दा पनि दिँदैनथिए । तेरो दाइले पैसा लगिसकेको छ, कसले तिर्दिन्छ भन्थे । तर पछि घर जाँदा थाहा भयो, दाइले त्यसरी पैसा लगेको होइन रहेछ । मलाई तीन वर्षसम्म भ्रममा राखे, काठमाडौंमा हुँदा । अनि दशैंमा घर गएपछि मलाई र्फकन मन लागेन । फेरि उतै काम गर्न थालें । फेरि तीनवर्षसम्म दाङमै कमलरी भएर बसें । पछि संस्थाले हाम्रो उद्धार गर्यो । मैले पढ्न थालें । अहिले एसएलसी दिएर बसेको छु । अहिले धेरै फरक छ ।
कैलालीकी माया चौधरीको कथा पनि मञ्जुको भन्दा फरक छैन । पहिलेको दिन सम्झँदै उहाँले भन्नुभयो :
म पाँच वर्ष कमलरी बसें आफ्नै गाउँमा । १२ वर्षको उमेरमै अरुको घरमा काम गर्नुपर्ने बाध्यता आइलाग्यो । सानो उमेरमै बुबा बित्नुभयो । आर्थिक स्थिति कमजोर भएपछि कमलरी बस्नु बाहेक अर्को विकल्प थिएन । 2मलाई पढ्ने इच्छा धेरै थियो । तर आर्थिक अभावको कारण पढ्न जान पाइएन । कमलरी बस्ने बेला स्कूल जान त पाइयो । तर घरमा बसेर पढ्न पाइएन । स्कूलबाट र्फकने बित्तिकै कामगर्नुपथ्र्यो । एउटा काम सकिने बित्तिकै अर्को काम लगाउँथे । मानसिक यातना दिन्थे । कुट्दैन थिए, तर गाली धेरै गर्थे ।
अहिले घरमा सातजना छौं । आई ए पढ्दैछु अहिले । पहिलेभन्दा धेरै राम्रो छ । अरुको घरमा बन्देज भएर बसेको थिएँ । सुगालाई पिंजडामा थुनेजस्तो अवस्था थियो । अहिले स्वतन्त्र भइयो । पहिले बोल्न सकिन्नथियो, अहिले आफ्नो अधिकारबारे आवाज उठाउन सक्ने भएको छु । स्टार्फ नर्स बन्ने योजना छ । सरकारले निःशुल्क शिक्षा र प्राविधिक शिक्षामा जोड दियो भने लक्ष्य पूरा हुन्छ । पढ्न सक्छौं, तर आर्थिक अवस्थाले भ्याउँदैन ।
कैलालीकै अर्की किशोरी चन्दा चौधरी पनि ८ वर्षको उमेरमा कमलरी बस्नुभयो । साढे ६ वर्षसम्म अर्काको घरमा बँधुवा जीवन बिताउनुभयो । घरको स्थिति कमजोर थियो । बस्ने ठाउँ थिएन । ठूलो परिवार थियो । छुट्टएिपछि हामीलाई अर्काको गोठमा बस्नुपर्ने बाध्यता थियो । पकाउने भाँडा समेत थिएन । अर्काको घरबाट भाँडा लगेर पकाउनुपथ्र्यो । अति नै भएपछि म कमलरी बस्न गएँ ।3
अर्काको घरमा राम्रो किन हुन्थ्यो र । सधैं काम लगाउँथे । बिहान चार बजे नै उठ्नु पथ्र्यो । पाहुना आउँदा राति १२/ एकबजेसम्म काम गर्नुपथ्र्यो । बच्चा हेर्नुपथ्र्यो । पढ्ने रहर भएकाले मालिकको बच्चा बोकेर स्कूल जान्थे । बच्चा हेर्दै पढ्दै गर्थेँ । सात कक्षासम्म यसैगरी पढें । ११ बजे स्कूल जान्थे । हाफछुट्टीमा र्फकन्थे । काम गर्नुपर्ने भएकाले ।
अहिले एकदम राम्रो भएको छ । आफ्नै कमाईले पढ्ने गर्छु । एउटा संस्थामा रिसेप्सनको काम गर्छु । आइए दोस्रो वर्ष पढ्दैछु अहिले । घरमा तीनजना भाइ छन् । भाइहरुलाई पढाउने काम गर्छु । घर मात्रै छ । जग्गा छैन । बुबा र मैले धानेका छौं । पश्चिम तराईका अधिकांश मुक्त कमलरी किशोरीको अवस्था र अनुभव यस्तै छ । ‘अवस्था धेरै फरक छ, तर राज्यले उद्दार गर्ने कुरामा प्रतिबद्धता जनाए अनुसार उचित पुनस्र्थापनामा ध्यान दिएको छैन’ मुक्त कमलरी संघर्ष समितिका सचिव सन्तोष दहितले अनलाइनखबरसित भन्नुभयो-’पहिले परम्परा अनुसार र आर्थिक अभावको कारण जानुपरेको थियो, तर अहिलेको स्थिति छैन ।’4
अहिले मुक्त कमलरीका सबै किशोरी विद्यालय र कलेजमा पढ्छन् । आफू सचेत हुँदै अरुलाई पनि चेतना दिने काममा व्यस्त छन् । सीपमुलक तालिम लिएर स्वरोजगार भएका छन् । संघर्ष समितिका अनुसार अहिलेसम्म १२ हजार कमलरी जमिन्दारको घरबाट मुक्त भैसकेका छन् भने ५ सय २६ जना पहिचान भएर पनि मुक्त हुन बाँकी छन् ।
0 : बिचार र सुझाबहरु:
Post a Comment