कास्की, २४ जेठ । विभिन्न २५ सूत्रीय माग राख्दै नेकपा–माओवादी समर्थित अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घले सुरु गरेको आन्दोलनका कारण यहाँका कलकारखाना बन्द भएका छन् ।
मजदुरको तलब न्यूनतम १५ हजार हुनुपर्ने माग गर्दै चरणबद्ध आन्दोलनमा उत्रिएका मजदुरले उद्योग चल्न नदिएपछि उद्योगी व्यवसायीले दैनिक करोडौँ रुपैयाँ घाटा बेहोर्नुपरेको छ । पोखरा औद्योगिक क्षेत्रमा सञ्चालनमा रहेका ६९ वटा उद्योग बिहीबारदेखि बन्द छन् । जीवन धान्नै नसक्ने गरी सङ्कटको सबैभन्दा चर्को मारमा आफूहरू परेको दाबी गर्दै मजदुरले दैनिक ज्याला न्यूनतम सात सय हुनुपर्ने माग सरकारसँग राख्दै आएका छन् ।
माग पूरा नभएसम्म कुनै पनि मजदुर काममा नफर्कने अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घ केन्द्रीय सहसंयोजक योगेन्द्र कुमालले बताए । बन्द र हड्तालबाट समस्याको समाधान ननिस्कने भन्दै पोखराका उद्योगी व्यवसायीले संवादबाटै निकास खोज्न मजदुरलाई आग्रह गरेका छन् ।
उद्योगी व्यवसायीले थेग्नै नसक्ने खालका माग मजदुरले राखेर उद्योगधन्दालाई सदाका लागि बन्द गर्ने परिस्थिति सिर्जना गर्न खोजेको बताएका छन् । पोखरा उद्योग वाणिज्य सङ्घ र लेखनाथ उद्योग वाणिज्य सङ्घले विज्ञप्ति प्रकाशित गरी अव्यावहारिक कानुन र श्रम समस्याले उद्योगहरू बन्द हुने अवस्थामा पुगेको बताएका छन् । रासस

0 : बिचार र सुझाबहरु:
Post a Comment