पोखरा, २४ जेठ । सरकारी जागिरमा थोरै सुविधा र आकर्षण कम भएपछि कृषि वैज्ञानिकहरू विदेशतिर पलायन हुने क्रम बढ्दै गएको छ । कतिपय कृषि वैज्ञानिकहरू तालिम तथा विद्यावारिधिका लागि विदेशतिर जाने र तालिम सकेपछि उतैतिर काम खोजेर आफू कार्यरत कार्यालयमा नफर्कने गरेका छन् ।
नेपाल सरकारले कृषि क्षेत्रको विकासमा उपेक्षा गरेको र सरकारी तलब स्केलभन्दा बढी कृषि वैज्ञानिकलाई केही सुविधा दिने नगरेकाले उनीहरू यहाँ बसेर काम गर्न नमान्ने गरेको कृषि वैज्ञानिकहरू बताउँछन् । क्षेत्रीय कृषि अनुसन्धान केन्द्र लुम्लेमा अहिले एक सय छ जना कृषि वैज्ञानिकको दरबन्दी भएपनि ५० जना मात्र कार्यरत रहेको प्रशासकीय अधिकृत श्रीकान्त सुवेदी बताउनुहुन्छ ।
रोग पहिचान र माटो परीक्षण गर्ने वैज्ञानिकहरू त पाउन निकै कठिन पर्ने उहाँ बताउनुहुन्छ । कहीँकतै काम नपाउन्जेल कृषि कार्यालयमा काम गर्ने र ठूला कृषि परियोजना र विदेशमा लाख डेढ लाख रुपैयाँको सुविधा पाएपछि कृषि बैज्ञानिकहरू छाडेर जाने गरेको क्षेत्रीय कृषि केन्द्र लुम्लेमा कार्यरत वैज्ञानिक टीका चापागाईं बताउनुहुन्छ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले वैज्ञानिक माग ग¥यो भने आधाले पनि दरखास्त नहाल्ने उहाँ बताउनुहुन्छ ।
यसैबीच, विसं २०५५ देखि नेपाल सरकारबाट सञ्चालित क्षेत्रीय कृषि अनुसन्धान केन्द्र लुम्लेले विभिन्न खाद्यान्न तथा तरकारीको मूल र प्रजनन बीउ उत्पादन गरी बिक्री गर्दै आएको छ । केन्द्रले अहिलेसम्म उन्नत जातका मकैको दुई हजार पाँच सय ४८ केजी, तोरी एक हजार ५०० केजी, भटमास ७४ केजी, रायोको राग १५ किलो, सुन्तलाको बीउ दुई हजार ५०० केजी र अदुवा ३०० केजी उत्पादन गरेको छ । रासस

0 : बिचार र सुझाबहरु:
Post a Comment