मैले गत असार १५ गते पार्टीको उपाध्यक्ष पद त्याग गरेपछि स्वभाविक रुपमा पार्टीभित्र र वाहिर जिज्ञासा, आशंका, टीकाटिप्पणि भएका छन् । कतिपयले घुर्की, धम्की, वार्गेनिङ, स्टन्ट आदि भनेका छन् भने अन्य कतिपयले देशमा तीव्र गतिमा स्खलित हुँदै गएको मूल्य–मान्यता र आदर्शको राजनीतिलाई स्थापित गर्ने झिनो प्रयास भनेका छन् । ‘कवि करोती काव्यानी, रसम् जानती पण्डिताः’ (अर्थात्, कविले कविता लेख्छ, पण्डितहरुले त्यसको ब्याख्या गर्छन् ) भने झैं कुनै घटित घटनालाई आआफ्नो दृष्टिकोण र ज्ञान क्षमता अनुसार मानिसहरुले टीकाटिप्पणी गर्नुलाई अन्यथा भन्न मिल्दैन । तर म कर्ता स्वयम्ले सोचेको र गर्न खोजेको चाहिं के हो भनेर प्रष्ट पार्नु मेरो कर्तव्य र अधिकार दुवै हुन्छ ।
कम्यूनिष्ट आन्दोलन भनेको मान्छेले मान्छेमाथि गर्ने सवै प्रकारका शोषण–उत्पीडन र विभेदको अन्त्य गरेर वर्गविहीन र राज्यविहीन उन्नत मानव समाजको सिर्जना गर्ने महाभियान हो । यो अभियान एउटा मान्छेको जीवनकालमा पूरा नभएर पुस्तौं पुस्ताको अनवरत प्रयत्न पछि मात्रै सफलीभूत हुन सक्छ । वैज्ञानिक समाजवाद र साम्यवादको प्राप्ति निम्ति एकातिर श्रमको उत्पादकत्व अर्थात् उत्पादक शक्तिको विकास अत्यन्तै उच्च तहमा पुगेको हुनुपर्दछ भने अर्कोतिर मानिसको चेतना व्यक्ति वा परिवारको निजी स्वार्थ भन्दा समाज र मानवजातिको समुहिक हितको निम्ति समर्पित हुने उदात्त चरणमा विकसित भएको हुनुपर्दछ ।
यो सम्पूर्ण प्रक्रियाले निकै लामो अवधि लिन्छ र त्यसकालागि विद्यमान समाजका सवभन्दा अग्रणी चेतनाले सम्वृद्ध वनेका मान्छेहरुले संगठित रुपमा नयाँ समाजका चरणवद्ध श्रृंखलाहरु निर्माण गर्दै अगाडि बढ्नु पर्दछ । यसैको निम्ति कम्युनिष्ट पार्टी र उसको नेतृत्वमा विभिन्न प्रकृतिका संक्रमणकालीन सत्ताहरुको अवश्यकता पर्दछ ।
अर्थात् कम्युनिष्ट पार्टी भनेको अन्ततः आफु लगायत सवै पार्टीहरुको अन्त्य गर्ने र मान्छेले मान्छेमाथि शासन गर्ने सवै प्रणालीको अन्त्य गरेर सवै मान्छेलाई पूर्ण रुपले मुक्त गर्ने साधन वा माध्यम हुन्छ । त्यसरी नै कम्यूनिष्टहरुको नेतृत्वमा बन्ने सवै लोकतान्त्रिक÷जनवादी÷ समाजवादी सत्ता अन्ततः सवै प्रकारका सत्ताहरुको अन्त्य गरेर मान्छेमाथि शासन होइन वस्तुहरु र समाजको व्यवस्थापन मात्र गर्ने साम्यवाद वा ‘सत्ययुग’मा पुग्ने संक्रमणकालीन सत्ता मात्र हुन्छ ।
परन्तु विश्व समाजवादी आन्दोलनको नेतृत्व गर्ने पहिलो चरणका र खाशगरी स्टालिनको पालालेखिका कम्युनिष्ट पार्टीहरु दुवै वस्तुगत जटीलता र आत्मगत कमजोरीका कारणले यस्तो भीमकाय नोकरशाही संयन्त्रमा परिणत हुन पुगे कि विसौं शाताब्दीको अन्त्यसम्म आइपुग्दा तिनीहरु प्रायः सवै तासको घर झैं भताभुंग भए । त्यस्तै विश्व साम्यवादसम्म पुग्ने ध्येयका साथ विसौं शताब्दीमा कम्युनिष्टहरुको नेतृत्वमा स्थापित संक्रमणकालीन जनवादी र समाजवादी सत्ताहरु वस्तुगत र आत्मगत कारणहरुको कुल योगफल स्वरुप शताब्दीको अन्त्यसम्म आइपुग्दा प्रायः सवै धरासायी बन्न पुगे ।
अहिले हामी एक्काइसौं शताब्दीको शुरुमा नयाँ शिराबाट दोस्रो चरणको वैज्ञानिक समाजवादी (कम्यूनिष्ट) आन्दोलन अघि बढाउने प्रयत्न गरिरहेका छौं । नेपालको माओवादी आन्दोलन त्यसको एउटा कडी र नयाँ प्रयोग हो । चीन, ल्याटिन अमेरिका लगायतका देशहरुमा पनि नयाँ प्रयोगहरु भैरहेका छन् । यस क्रममा हामीले विगतका क्रान्ति र प्रतिक्रान्तिका सकारात्मक र नकारात्मक अनुभवहरु (दुवै पार्टी र सत्ताका) बाट सिकेर अगाडि बढ्नु छ । ‘जसले इतिहासको हेक्का राख्दैन उ इतिहास दोहो¥याउन अभिसप्त हुन्छ’ भने जस्तै हामीलाई असफताको इतिहास दोहो¥याउने छुट छैन ।
खाशगरी दशौं हजार शहीद र वेपत्ता योद्धाहरुको वलिदानको भारले थिचिएका हामी माओवादीहरुले निजी र क्षणिक स्वार्थका लागि इतिहासको गल्ती दोहो¥याउन सक्दै सक्दैनौं । हामीले असाध्यै जिम्मेवारीवोधका साथ पार्टी र सत्ताको नयाँ मोडल विकास गरेर अघि बढ्ने साहस गर्नै पर्दछ । महान् वलिदानीपूर्ण जनयुद्धका दिनहरुमा क्रान्तिकारी आधारइलाकाभित्र रहेर हामीले ‘एक्काइसौं शताब्दीमा जनवादको विकास सम्वन्धी प्रस्ताव’ मार्फत् नयाँ ढंगको पार्टी र सत्ताबारे नयाँ सैद्धान्तिक अवधारणा अघि सारेका थियौं ।
एक्काइस वर्ष पछि भएको पार्टीको हेटौंडा महाधिवेसनले वैचारिक र राजनीतिक कार्यदिशाको नयाँ उचाइमा विकास गरेको सन्दर्भमा विकसित संगठनात्मक कार्यदिशालाई पनि अव हामीले ठोस प्रयोग गर्दै अघि बढ्ने साहस गर्नै पर्दछ । अन्यथा पुरानै संगठनात्मक प्रणाली, विधि र शैलीले नयाँ वैचारिक–राजनैतिक कार्यदिशालाई खाइदिने र पूरै क्रान्ति वरवाद हुने गम्भीर खतरा सुरसाको मुख जस्तै हाम्रो सामु उभिनेछ ।
यसै सन्दर्भमा नयाँ ढंगको पार्टी निर्माणको हाम्रो अभियानमा एउटा इँटा थप्न मैले पार्टीको उच्च कार्यकारी पद त्याग गरेर भिन्न ढंगले पार्टी र क्रान्तिको जिम्मेवारी वहन गर्दै निरन्तर अघि बढिरहने प्रतिवद्धता व्यक्त गरेको हुँ । यो कुनै आवेग, आक्रोश वा असन्तुष्टीको अभिव्यक्ति हुँदै होइन । हेटौंडा महाधिवेसनसम्म आइपुग्दा हाम्रो पार्टीको उच्च नेतृत्व पंक्तिमा यस्तो सृदृढ एकता र विश्वासको वातावरण वनेको छ कि त्यसलाई निरन्तरता दिँदै अझै उचाइँमा विकास गर्नु बाहेक अन्य कुरा यतिवेला हामीले सोच्नै सक्दैनौ ।
हो, यो कुरा पार्टीले समग्रमा सोचेर योजनावद्ध ढंगले लागू गर्दै जाने विषय हो र कुनै अमुक व्यक्तिले मात्र गरेर पुग्ने कुरा होइन । तर कुनै राम्रो कुराको शुरुवात कुनै न कुनै मान्छेबाट कुनै न कुनै बेला त हुनै पर्दछ । साथै संगठन र नेतृत्वको रुपान्तरणको कुरा पार्टीको तल्लो तहबाट होइन माथिल्लो तहवाट नै शुरु गरिनु पर्दछ । अन्यथा त्यो प्रभावकारी हुन्न । हामी यतिवेला पार्टीको उच्चतम तहमा रहेकाहरु मध्ये अध्यक्ष क. प्रचण्डले नेतृत्व हस्तान्तरणको आवश्यक व्यवस्था नगरी अहिल्यै पदत्याग गर्न मिल्दैन र हुँदैन । त्यसवारे हामीले पहिलेदेखिनै छलफल गर्दै आइरहेका छौं र विधिको विकास गर्ने प्रयत्न गरिरहेका छौं ।
अध्यक्ष पछि पहल गर्ने मैले नै हो । म भन्दा तलकाले गरेर तत्काल त्यति प्रभावकारी हुन्न । यो स्थितिमा नयाँ विकसित सैद्धान्तिक अवधारणा अनुरुप पार्टीको संगठनात्मक रुपान्तरणको गतिलाई तीब्रता दिनकै लागि मैले पदत्यागको पहल गरेको हुँ । पार्टीको अगामी साउन ४ गते हुने विस्तारित वैठकले र आवश्यक परे मंसिर ४ मा हुने संविधानसभाको अर्को निर्वाचन पश्चात लगत्तै विशेष संगठनात्मक अधिवेसन मार्फत् समग्र संगठतात्मक रुपान्तरणको कार्ययोजना र नयाँ प्रणाली, विधि र प्रक्रियाको निर्माण गरिने छ ।
जहाँसम्म मेरो तत्काल पदत्यागले पार्टीलाई कमजोर पार्ने र आसन्न निर्वाचन अभियानमा प्रतिकुल असर पार्न सक्ने आशंकाको कुरा छ, वरु कुरा त्यसको ठीक उल्टो हो । यदि मैले पार्टी नै परित्याग गरेको वा निष्क्रिय वन्ने मनसाय राखेको भए त्यसो हुन पनि सक्थ्यो होला । तर मैले पार्टी, क्रान्ति, आन्दोलन होइन ‘पद’ मात्र त्यागेको हुँ र पार्टीले पहिले नै तय गरिसकेको ‘एक्काइसौं शताब्दीमा जनवादको विकास’ सम्वन्धी नीतिलाई कार्यान्वयन गरेर नयाँ ढंगको पार्टी निर्माणको अभियानमा योगदान गर्ने प्रयत्न गरेको हुँ । यसबाट पार्टीमा औपचारिक कार्यकारी पद नै सवैथोक होइन र एउटा सच्चा कम्युनिष्ट क्रान्तिकारी पार्टीको सामान्य सदस्य रहेर पनि आजीवन क्रान्तिमा लागिरहन सक्छ वा लागिरहनुपर्दछ भन्ने सन्देश आम पार्टी पंक्ति र शुभचिन्तक जनसमुदायमा समेत प्रवाहित हुनेछ ।
यसले समग्र नेपाली राजनीति र विशेषतः कम्युनिष्ट आन्दोलनमा केही समय यता डरलाग्दो सँग झांगिदै गएको पदलोलुप वा सत्तामुखी प्रवृत्तिलाई निरुत्साहित गर्नेछ र मूल्यमान्यता र आदर्शको राजनीतिलाई स्थापित गर्न मद्दत गर्नेछ । साथै यो अभियानलाई राम्ररी अघि बढाउन सक्यौं भने विचार, आदर्श, त्याग र वलिदानको जगमा वनेको माओवादी आन्दोलन र पार्टीप्रति केही समय यता जनतामा जुन आशंका र केही निराशा बन्दै गएको अवस्था छ त्यसलाई चिरेर माओवादी भनेका वेग्लै धातुले बनेको प्राणी हुन् भन्ने सत्यलाई स्थापित गर्न थप मद्दत मिल्नेछ ।
सवभन्दा महत्वपूर्ण कुरा, देशमा संक्रमणकाल लम्विदै जाँदा आम जनतामा सम्पूर्ण राजनैतिक दल र नेतृत्वप्रति वितृष्णा बढ्दै जाने र त्यसबाट लोकतन्त्र÷गणतन्त्र विरोधी प्रतिगामी शक्तिले धमिलो पानीमा माछा मार्ने जुन खतरा बढ्दै गएको छ, त्यसलाई रोक्न हामी सवैले आआफ्ना विचार र पार्टीगत भिन्नताका वावजुद मूल्यमान्यता र आदर्शको राजनीतिलाई स्थापित गर्ने र सवैतिर बढ्दै गैरहेको पदलोलुपता र सत्तालिप्साको महारोगलाई निवारण गर्ने कुरामा विशेष ध्यान दिनैपर्दछ ।
मूल्यमान्यता र आदर्शको कुरा कसैले कसैलाई उपदेश दिने कुरा होइन आफैमा लागू गर्ने कुरा हो । यो विज्ञापनको विषय नभएर व्यवहारमा कार्यान्वयन गर्ने कुरा हो । त्यसैले सक्छौं सवैले आफुमा लागू गरौं, नसके कमसेकम अरुलाई निरुत्साहित नगरौं ।

0 : बिचार र सुझाबहरु:
Post a Comment