मुक्ति प्रधान-
एकीकृत नेपाल कम्युनिस्ट पार्टी (माओवादी)को विस्तारिक वैठक आजदेखि बस्दै छ । हेटौडा महाधिवेशन सम्पन्न भएको लगभग ६ महिनासम्म सांगठनिक समायोजन गर्न विभिन्न चरणमा वैठकहरु गरिए पनि सांगठनिक विषयमा केन्द्रीय समितिमै देखिएको व्यापक असुन्तुष्टिले गर्दा केन्द्रीय पदाधिकारीले प्रस्तुत गरेको प्रस्ताव पारित हुन सकेन । संगठन सञ्चालनको उचित विधि निर्माणका लागि विस्तारित वैठक तय गरिएको देखिन्छ । एनेकपा (माओवादी) नेपाली श्रमिक र उत्पीडित जनताको गौरव र आस्थाको केन्द्र हो ।
जनस्तरमा माओवादीले हासिल गरेको विश्वास, आस्था र गौरवलाई कुनै पनि दुश्मन शक्तिले पराजित गर्न सक्ने स्थिति छैन । तर, पार्टीभित्रै अविश्वास, अनास्था, मनमुटाव र अन्योलको स्थिति सिर्जना भयो भने पराजयको संघारमा पुग्न त्यति गाह्रो हँुदैन । द्वन्द्ववादको आधारभूत नियमअनुसार आन्तरिक पक्ष नै प्रधान हुने हँुदा आन्तरिक पक्ष मजवुद नभएसम्म कुनै पनि वस्तुले उर्जा र अस्तित्व हासिल गर्न सक्तैन । यो वैज्ञानिक नियम पनि हो ।
नेपाली कम्युनिस्ट आन्दोलनले क्रान्ति र संघर्षका विभिन्न चरणमा व्याख्या विश्लेषण गरे । सभा, सम्मेलन, अधिवेशन पनि गरे । तर, दुई सय ४० वर्षदेखि जरा गाडी रहेको एकाधिकारवादी राजतन्त्रको निर्मूलको कार्यदिशा के हुन सक्छ ? भन्ने तत्कालीन र दीर्घकालीन कार्ययोजना बन्न सकिरहेको थिएन । मुलुकमा बहुदलीय व्यवस्थाको प्रारम्भसँगै नेपाली कांग्रेसले कथित सवैधानिक राजतन्त्रको आवरणमा चलाएको राज्यआतंकले नेपाली जनताको अगाडि जनयुद्धबाहेक अरु विकल्प भएन ।
नेकपा माओवादीले नेतृत्व गरेको जनयुद्धले श्रमिक जनताको पनि यो मुलुकमा सुनुवाई हुने अवस्थाको सिर्जना भयो । शान्ति प्रक्रियासँगै नयाँ संविधान निर्माण गर्ने अन्तिम कार्य सम्पन्न हुन सकेन । त्यसको पृष्ठभूमिमा मुलुकले यो दूर्दशा भोगी रहेको छ । नयाँ संविधान निर्माणको विषय साहुको तराजु जस्तै हल्लिरहेको छ । कहिले कस्को धार्नी पुग्ने हो ? त्यो बेला मात्र संविधानसभाको निर्वाचन हुने अवसर यो देशमा मिल्ला वा मुलुकमा ठूलो फासीवादी अभ्यास होला ? मुलुक निकै गम्भीर मोडमा उभिएको छ ।
यीनै पृष्ठभूमिलाई आत्मासात गरी एनेकपा माओवादीले तय गरेको हेटौडा महाधिवेशनको कार्यदिशाबाट दुश्मन कित्ता निकै शसंकित भैरहेको छ । तर, एनेकपा माओवादीले सांगठानिक समायोजन यथासक्य गर्न नसकिरहेको यो अवस्थामा एनेकपा माओवादीका सवै पंक्ति र स्तरका नेता कार्यकर्ता निकै गम्भीर हुनुपर्ने अवस्थाको सिर्जना भएको छ । एकीकृत माओवादीका नेता र कार्यकर्ताहरु महाधिवेशनले तय गरेका कार्यदिशाप्रति उत्तिकै जिम्मेवार र उत्तरदायी छन् ।
तर त्यो कार्यदिशालाई कार्यान्वयन र लागू गर्ने सांगठनिक संरचनामा थोरै अलमल भएको वा निष्कर्षमा पुग्न नसकेको कारणले माओवादीप्रति प्रतिवद्ध आमजनताको पंक्ति र जीवनको लामो समय यसै पार्टीमा आप्mनो रगत पसिना खर्चँदै आएका इमान्दार कार्यकर्ताका लागि निकै सोचनीय अवस्थामा पु¥याएको छ । दशवर्षे जनयुद्धको नीति, कार्यक्रम, सांगठनिक संरचना र पद्धतिले आप्mनै ढंगले विकास गर्दै आएको थियो । त्यो संरचनालाई शान्तिप्रक्रियामा कसरी संस्थागत गर्ने भन्ने सांगठनिक विधि ऐनमौकैमा तर्जुमा हुनु जरुरी थियो ।
एकताकेन्द्र गठन भएयता माओवादीले नेपाली कम्युनिस्ट आन्दोलनको ५० वर्षमा हुन नसकेको परिवर्तनको उपलब्धि लगभग ८ वर्षमा भित्रै प्राप्त गरेकै हो । यस्को नेतृत्व गर्ने अध्यक्ष कमरेड प्रचण्डको संयोग र कुशलता दुवैले श्रेष्ठता प्राप्त गरेकै हो । विचार, संगठन र राजनीतिलाई माओवादीका नेतृत्वपंक्तिको सामूहिक योगदानलाई कसैले नकार्न मिल्दैन । २०५७ सालको दोश्रो राष्ट्रिय सम्मेलनद्वारा पारित कार्यदिशाले माओवादी जनयुद्धलाई विश्वकै उदाहरणीय उचाइमा पु¥याएकै हो ।
यसरी द्रूत गतिले जनयुद्धले विकास गर्नुको पछाडि विषेशतः क्रान्ति र परिवर्तनलाई माओवादीले नयाँ ढंगले बुझेको थियो । माक्र्सवाद , लेनिनवाद र माओवादको नयाँ र विकसित अभ्यास थियो । पार्टीभित्र विचारको विकासमा विविध छलफल र अन्तरसम्वाद भए पनि दुश्मन विरुद्धको वर्गीय निशाना ठीक ठाउँमा थियो । चुनवाङ्ग वैठकले नेपालको कम्युनिस्ट आन्दोलनको नयाँ रुपरेखा कोर्न माओवादी सफल भयो । यिनै विचार र लाइनको मुख्य नेतृत्व क प्रचण्डले कुशलतापूर्वक गर्दै आउने क्रममा वैद्य समूहको शुरुदेखिकै विमतिको कारणले उनीहरुले विषेशतः क.प्रचण्ड र क.बाबुराम विरुद्ध जिहाद चलाए पनि परिणाम खालीबोतल र पुराना कागज बाहेक उनीहरुको हातमा केही देखिएन ।
हेटौडा महाधिवेशनले चुनवाङ्गबाट भएको विचारको विकासलाई निरन्तरता दिँदै पुँजीवादी क्रान्तिको नयाँ कार्यभार सम्पन्न र समाजवादी क्रान्तिको तयारीको जुन विचार विकास गरेको छ, यो कार्यदिशालाई सुहाउँदो संगठन कस्तो हुनु पर्छ भन्ने कुरा एमाओवादी भित्र मात्र होइन विश्वकै कम्युनिस्टहरुले प्रारभ्भ गर्नु पर्ने नयाँ वहसको विषय वनेको छ ।
विश्व कम्युनिस्ट आन्दोलन प्रथम विश्वयुद्ध र दोश्रो विश्वयुद्धकै पेरिफेरीमा विकास भएको हो । १८ औ शताब्दीमा सामन्तवाद विरुद्ध उदार पुँजीवादीहरुले चलाएको प्रतिरोधपूर्ण आन्दोलन केवल एउटा खुड्किला मात्र थियो । सर्वहारा र उत्पीडित जनताको पक्षमा त्यो आन्दोलन थिएन । तर उद्धार पुँजीवादको सामन्तविरोधी कदमले विश्वलाई केही सुधारवादी झड्का दिएको कारणले औद्योगिक विकासको चरणमा पुगेका मुलुकमा सामाजवादी क्रान्तिको पूर्वाधार निर्माण भैसकेको थियो । त्यसैको धरातलमा रुसी समाजवादी क्रान्ति सफल भएको थियो । तर जुन मुलुकमा औद्योगिक विकास भएको थिएन ती मुलुकहरुमा नयाँजनवादी क्रान्तिकै बाटोबाट अगाडि बढ्न दोश्रो विश्वयुद्ध सम्म कुर्नु प¥यो ।
वर्तमान एक्काईसौ शताब्दीमा तत्कालै तेश्रो विश्वयुद्ध हुने छाँटकाँट छैन तर यस्तो अवस्थामा पनि जनवादी र समाजवादी क्रान्तिको संभावना कस्तो हुन्छ, विश्व कम्युनिस्ट आन्दोलनले खुट्याउनुपर्ने यो मुख्य पहिलो विषय बनेको छ । त्यसै गरी विश्वमा कम्युनिस्ट विचारधारात्मक अभ्यास हेगेल र ल्पेटोले आ–आप्mनो सोच व्यक्त गरे पनि माक्र्स र एगेल्सले कम्युनिस्ट विचारधारात्मक योगदान काफी रुपमा गरे । तर त्यसको कार्यान्वयनको संगठनात्मक श्रेष्ठता लेनिनको पालामा मात्र विकास भएको हो । अहिले सम्म लेनिनले विकास गरेको संगठनात्मक संरचनामै विश्वको कम्युनिस्ट आन्दोलन अगाडि बढिरहेको छ ।
विचाराधारात्मक क्षेत्रमा विश्व कम्युनिस्ट आन्दोलन जुन उचाइमा सक्रिय छ, संगठनात्मक र राजनीतिक निरन्तरताको बारेमा छलफल हुन सकिरहेको छैन । यो विश्व कम्युनिस्ट आन्दोलनको लागि एउटा चुनौतीको विषय बन्दै गएको छ । विश्व कम्युनिस्ट आन्दोलनल हासिल गरेका उपलब्धिहरु विघटन, प्रतिक्रान्ति र क्षति हुनु, कम्युनिस्ट सत्ताले असफलता व्यहोर्नुमा सांगठनिक पक्ष पनि एउटा महत्वपूर्ण पाटो बनेको छ ।
विचार र संगठन एकदोश्रोमा पूरक हुने कुरा सैद्धान्तिक रुपमा सबैले स्वीकार गर्ने गरेको विषय हो । तर, विचार एउटा विज्ञान हो भने संगठन विधि र साधन दुवै हो । विचारले जहिले पनि कार्यान्वयनको निकास खोज्छ । आध्यात्मकवादले यथास्थिति र भौतिवादले विकास खोजिरहेको हुन्छ । वैज्ञानिक विचार सीधै भौतिकवादसँग सामीप्य हुने हुँदा त्यसको प्रयोग बिना विकास हुनै सक्तैन । त्यसैले कम्युनिस्टहरुले जतिसुकै सुन्दर र वैज्ञानिक विचारको प्रतिपादन गरे पनि त्यसको प्रयोग गर्ने विधि र साधनको तर्जुमा नगर्दा त्यो विचार यथास्थितिमा पतन हुन्छ, कि एकमनावाद वा फासीवादमा रुपान्तरण हुन्छ ।
त्यसैले विचार निर्माण गर्दा त्यसको विकासक्रम र संगठनात्मक विधि ऐनमौकैमा तर्जुमा गर्नु पर्ने हुन्छ । त्यसले थोरै समय मात्र अघिपछि पर्दा पनि विभिन्न आशंका र अन्योल सिर्जना गर्छ । एनेकपा माओवादीमा विद्यमान संगठनात्मक अन्योल कसैको नियतबाट उत्पन्न भएको नभै हेटौडा महाधिवेशनले तय गरेको कार्यदिशासँगै संगठनात्मक विधि र संरचना पनि टुंगिनु पर्ने थियो, त्यो हुन सकेन । त्यसले एउटा अन्योल सिर्जना गरेको मात्र हो । कार्यदिशालाई आत्मसात गर्ने संगठनात्मक संरचना र विधिलाई टुङ्गो लगाएपछि माओवादीले संगठनात्मक स्वरुप प्राप्त गर्ने छ । यसले महाधिवेशनले तय गरेको कार्यदिशालाई सशक्त रुपमा कार्यान्वयन गर्ने छ । यसमा कुनै दुविधा हुनु हँुदैन ।
विश्व कम्युनिस्ट आन्दोलन विश्वलाई श्रमजीवी जनताको पक्षमा रुपान्तरण गर्ने एउटा वर्गीय अभियान हो । यो आन्दोलनमा समर्पित मानव जाति अन्य सामान्य मानव भन्दा पृथक हुन्छ । यो विषेश धातुले वनेको हुन्छ, विचारसहितको मानवजीवन अन्य व्यक्तिगत जीवन भन्दा धेरै माथि हुन्छ । उसले त्यतिकै मृत्युवरण गर्दैन । वर्गसंघर्ष, वर्गीय युद्ध र वर्गहितका लागि ऊ लागिपरेको हुन्छ । सर्वहारावर्गका गुरुहरुले उपदेश मात्र हैन, आप्mनै जीवनलाई वहाँहरुले उदाहरण बनाउन सफल हुनुभयो । माक्र्स, एंगेल्स, लेनिन, माओजस्ता महान् गुरुहरुले यो उदाहरण विश्वसामु दिएकै कारणले वहाँहरुको योगदानको अगाडि प्रतिक्रियावादी शक्तिले अद्यापि शीर ठाडो पार्न सकेको छैन ।
त्यो शक्ति नेपाली कम्युनिस्ट आन्दोलनभित्र पनि कसरी आर्जन गर्ने ? यो सवाल नेपाली कम्युनिस्ट आन्दोलन त्यसमा पनि विचारको श्रेष्ठता हासिल गरी प्रयोगपथमा रहेको एमाओवादी नेतृत्वको आगाडि यो विषेश परीक्षणको विषय बनेको छ । कम्युनिष्ट पाटीै यस्तो पार्टी हो जस्को नेतृत्व तहमा पुग्न धेरै समय जनपरिक्षणको साथ अगाडि बढ्नुपर्ने हुन्छ । सर्वहारा र उत्पीडित वर्गको अभिभावकको हैसियतले थुप्रै उत्पीडनलाई जेल्दै अगाडि बढ्नु पर्ने हुन्छ । श्रद्धा, भावना, मनोविज्ञान र सम्मानलाई आर्जन गर्दै वर्गीय हितलाई संस्थागत गर्ने कम्युनिस्टहरुको सस्कृति र संस्कार हुन्छ ।
एकीकृत माओवादीलाई बुभ्mने र बुझाउने अर्थमा कसरी संस्थागत गर्न शान्तिप्रक्रियासँगै सांगठनिक प्रणालीको विकास गर्न अनिवार्य थियो । १० वर्षे जनयुद्धले आर्जन गरेको जनताको तागत र संविधानसभाले अनुमोदन गरेको माओवादीको वैधानिकताको कारणले माओवादी यो मुलुकको जताबाट हिसाव गर्दा पनि पहिलो पार्टीको रुपमा जसरी संस्थागत भयो, त्यस्को निरन्तर र थप विकासको पक्षमा जनयुद्धबाट आएको शक्ति, एकता प्रक्रियाबाट आएको शक्ति र माओवादीको वैचारिक श्रेष्ठताको कारणले आवद्ध हुन आएको शक्तिलाई संस्थागत गर्ने विधिमा स्पष्टता हुन अनिवार्य थियो । आन्दोलन र संघर्षमा होमिन कसैलाई भेदभाव गर्न जरुरी छैन ।
यसको अर्थ उनको क्षमता र योगदानको मूल्यांकन र सम्मान हुनु हँुदैन भन्ने पनि होइन । क्षमता, योगदान र निरन्तरताको कुनै लेखाजोखा नै नगर्ने विधिबाट कम्युनिस्ट आन्दोलनलाई हाँक्ने संगठनको विकास कसरी हुन सक्छ ? यो विषय निकै नै गम्भीर भएर कम्युनिस्ट आन्दोलनसँग जोडिँदै आएको छ । संसदवादीहरु र कम्युनिष्टहरुको संगठनात्मक विधिमा आकास र जमिनको फरक छ । संसदवादीहरुको घृणायुक्त विधिको गर्भबाट कम्युनिस्टहरुको नयाँ संगठनात्मक विधिको विकास भएको हो । उनीहरुको निर्वाचन पद्धति नेपालमा धेरै प्रयोग भयो । खरिद, विक्री र षडयन्त्रपूर्ण छलछामबाट हुने नेतृत्व चयन कम्युनिस्टहरुको लागि कहिल्यै स्वीकार्य हँुदैन ।
यसको अर्थ टिके प्रणाली ठिक छ भन्ने होइन यो झन् सामन्ती प्रणाली हो, यो झन् खतरनाक हुन्छ । भ्रष्ट निर्वाचन प्रणाली र सामन्ती टिके प्रणाली यी दुवै प्रणाली कम्युनिस्टहरुको लागि उपयुक्त विधि होइनन् । कम्युनिस्टहरुको विधि उत्पीडित र श्रमिक जनताप्रति वर्गीय कर्तव्य र उत्तरदायित्वमा कुन हद सम्म सक्रिय र निरन्तरता छ, यसैबाट योगदान र क्षमताको मूल्यांकन गर्दै नेतृत्व र जिम्मेवारी सुम्पिनु पर्ने हुन्छ । अन्यथा उछिनपाछिन , गणेशप्रवृत्ति र नातावादी प्रवृत्तिहरुले कम्युनिस्ट पार्टीमा एड्स सल्केझंै सल्केको अवस्थामा एउटा मानिसको जीवनलिला समाप्त भए झै कम्युनिस्टपार्टीको विघटन पनि निश्चित हुन्छ ।
कसैले चाहेर रोक्न थाम्न सकिँदैन । त्यसैले कम्युनिस्टहरुले निश्चित विधि वनाएर त्यो विधिमा आफै प्रवेश गर्न आँट गर्नु पर्छ । त्यो आँटले मात्र पार्टीलाई कार्यकर्तादेखि नेतृत्वसम्म एकढिक्का हुने उत्साह र चित्त प्रसन्न हुने अवस्था पैदा हुन्छ । कार्यकर्ताको चित्त प्रसन्न र नेताको कुशल नेतृत्वले दुश्मन विरुद्धको मोर्चा सशक्त वन्दै पारित कार्यदिशलाई कार्यन्वयनले सफलता हाँसिल गर्ने छ भन्ने सम्बद्ध सवैपक्षसँग मेरो सुझाव रहेको अनुभूति दिलाउन चाहन्छु ।

0 : बिचार र सुझाबहरु:
Post a Comment