
माडीफाँट वरपरका सबै गाउँ समेट्ने गरी अन्नपात ओसार्न गाविसको बजेटबाटै बाटो खनिसकिएको छ । ती वस्तीमा पुग्ने बाटो सुधारका लागि भने कुनै योजना नै परेको छैन । ‘बरु गाविसबाट खनिएको बाटो स्तरोन्नति गर्न सके फाइदा पुग्थयो,’ पोखराथोकका रनबहादुर कुमालले भने, ‘खेतैखेतमा चक्रपथ बनाउनुभन्दा पुरानै बाटोलाई राम्रो बनाउन बजेट खाँचो छ ।’
कुनै अध्ययन र विस्तृत डिजाइनबिना नै माडीफाँटमा चक्रपथ खोल्ने भन्दै बजेट बिनियोजन गराइएको हो । चक्रपथको सर्भे, डिवाइन, इस्टिमेट केही पनि नबनेको सडक डिभिजन कार्यालय पाल्पाका प्रमुख कर्णबहादुर रानाभाटले बताए । ‘बजेट छुट्याइएकाले सर्भे र सडक खन्ने काम यसै बर्ष सुरु गर्न सकिन्छ,’ उनले भने ।
माडीफाँट वरपर चक्रपथ बनाउने भौतिक पूर्वाधार मन्त्रालयबाट प्रस्तावित योजना होइन । बजेट भाषण सुनेपछि मात्र भौतिक पूर्वाधार मन्त्रालयका अधिकारीले उक्त योजनाबारे थाहा पाएको कान्तिपुर दैनिकमा खबर छ ।
रेग्मीको दबाबमा अर्थमन्त्रालयबाट बजेट बनाउने क्रममा उक्त योजना राखिएको हो । जिल्लागत साना सडकमा पर्नुपर्ने चक्रपथका रुपमा प्रस्तावित उक्त मार्गलाई क्षेत्रीय सडकको हैसियत दिई बढी बजेट छुट्टयाइएको हो ।
0 : बिचार र सुझाबहरु:
Post a Comment