Home » » यूएईमा नेपालीलाई मृत्युदण्ड सजाय, ज्यान जोगाएर फर्काइदिन पत्निको आग्रह

यूएईमा नेपालीलाई मृत्युदण्ड सजाय, ज्यान जोगाएर फर्काइदिन पत्निको आग्रह

Written By Unknown on Thursday, July 25, 2013 | 5:54 AM

पाकिस्तानी नागरिकको हत्याको आरोपमा एक नेपालीलाई संयुक्त अरब इमिरेट्स यूएईको अबुधाबी अदालतले मृत्युदण्डको सजाय सुनाएको छ । संखुवासभा मडेपोखरी वडा नम्बर–३ का अनिश खालिङ राईलाई अदालतले मृत्युदण्डको सजाय सुनाएको हो । नेपालीसँगको झगडामा घाइते पाकिस्तानीको ज्यान गएपछि राईलाई २०६९ कार्तिक ९ गते हिरासतमा लिई अल ऐन जेलमा राखिएको थियो ।

यसअघि पनि युएईमा दुई नेपालीलाई यस्तो सजाय सुनाइएको थियो । यसबारे दुतावासमा आधिकारिक जानकारी नआएको युएईका लागि नेपाली राजदुतावास अबुधाबीका नियोग उपप्रमुख दीपक अधिकारीले बताउनुभयो ।

नेपाली समाज युएईका पूर्व अध्यक्ष कृष्ण ढकालले यो निर्णयमाथि पुनरावेदन अदालतमा पुनरावेदन गर्न सकिने प्रावधान रहेको बताउनुभयो । राईकी श्रीमती बिनाले पतिको जीवन रक्षाका लागि पहल गरिदिन परराष्ट्र मन्त्रालयलाई अनुरोध गर्नुभएको छ । राईकी श्रीमती बिनाले पतिको जीवन रक्षाका लागि पहल गरिदिन परराष्ट्र मन्त्रालयलाई अनुरोध गरेकि छीन ।

विताको श्रीमानसँग थुनामा पर्नुअघि ६/७ पटक फोन भएको थियो । उनी अरबीको घरमा बगैंचेको काम गर्थे ।

भिसा र जाने खर्चसहित ६० हजार रुपैयाँ लागेको उनले बताइन् । ‘पैसा पठाउँछुभन्दा भन्दै जेल पर्नुभयो,’ रविताले भनिन्, ‘जेल परेदेखि फोन सम्पर्क भएको छैन ।’ छिमेकी दोभानेका सीताराम खत्रीको सहयोगमा उनले आइतबार परराष्ट्रको कन्सुलर शाखामा जीवनरक्षाका लागि निवेदन दिएकी छन् ।

शाखाले निवेदन दूतावासमा पठाइसकेको जनाएको छ । राजधानीमा रवितालाई सहयोग गरेकी आफन्त दिदी पञ्चमाया राईले पनि जीवनरक्षाको पहल गरिदिन आग्रह गरिन् । ‘हामी बोलेर कसले सुन्छ ?’ उनले भनिन् ।

0 : बिचार र सुझाबहरु:

Post a Comment

समाचार अर्काइभ

Like us on Facebook
Follow us on Twitter
Recommend us on Google Plus
Subscribe me on RSS